युवा सहभागिता सम्बन्धि नमुना कार्यबिधि कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रम

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तु

युवाहरुको क्षेत्रमा सक्रिय काम गर्दै आएको नेपाल युवा संस्था सन्जाल (आयोन) को आयोजनामा स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि नमुना कार्यबिधि कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । कपिलवस्तुका विभिन्न स्थानीय तहका विभिन्न युवाहरुको सहभागितामा, सम्बन्धित बिषयका विज्ञ र स्थानीय तहका प्रमुखको उपस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको हो ।

युबाहरुको आवाज उठाउन र स्थानिय स्तरमा युबा परिचालन गर्नका लागि युबाका सीप क्षमतालाई परिचालन गरि स्थानीय तहको बिकासमा युबा परिचालन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । जसका कारणले गर्दा कार्यक्रम अबधिभर युबालाई स्थानिय स्तरमा कासरि परिचालन गर्न सकिन्छ र युवा कार्यबिधिका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले विभिन्न युबाका क्षेत्रमा काम गर्ने सम्बन्धित निकायहरु र युबाहरुलाई एकै ठाउमा राखेर योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी नमुना कार्यबिधीमा युबाहरुको सहभागित कस्तो छ अझ प्रभाबकारी रुपमा युबालाई अझ नजिकको सम्बन्ध बनाउन के गर्न सकिन्छ ? योजना प्रक्रियामा युबा सहभागिता कस्तो छ ? लागायतका सवालमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले योजना प्रक्रियामा युवा सहभागिता गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
योजना प्रक्रिया सम्बन्धी नमुना कार्यबिधिलाई पालिकाले विशेष ध्यान दिएको र गत आर्थिक बर्षहरुमा पनि युवाहरुका सल्लाह सुझाव र योजना अनुसार गाउँपालिका अगाडि बढेको बताउनुभयो ।


प्रकाशित : २०७८ भाद्र १४, सोमबार ११:१०