
हरि आचार्य, कपिलवस्तु भदौ १४
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले वडाभित्रका बाढिपिडित वडावासीलाई राहत प्रदान गरेको छ । अविरल बर्षाका कारण बाणगंगा नगरपालिकामै सबै भन्दा बढि प्रभावित वडा नं. ११ मा आज १ सय ३० घरपरिवारलाई खाद्यान्न लगायतका सामग्री प्रदान गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए ।
वडाका बरवा, पदमपुर र ओदारिका १ सय ३० घरपरिवारलाई १० किलो चामल, १ लिटर तेल, १ किलो नुन प्रदान गरिएको छ । वडाध्यक्ष अर्याल, वडा सदस्य, राजनतिकि दल, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवीको रोहवरमा वास्तविक बाढिपिडित परिवारलाई उक्त सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडामा बाढिबाट ग्रस्त छाक टार्नै गाह्रो भएको २ सय ५० परिवार मध्ये भड्सवा, मैरी, मैनहरा, हथौसा र मर्थीका परिवारलाई भोलि राहत प्रदान गरिने वडाध्यक्ष अर्यालले बबताए । वडावासीको जस्तोसुकै समस्या पनि समाधान गर्न वडा कार्यालय लागिपर्ने वडाध्यक्ष अर्यालले बताए ।

