प्रविधिमा फड्को मार्दै बाणगङ्गा खानेपानी, उपभोक्तालाई सहज

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
उपभोक्ताको माग र आवश्यकतालाई बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति प्रविधि तर्फ लम्किरहेको छ । कपिलवस्तुको बाणगंगामा स्थापित उक्त समितिले उपभोक्तालाई सहज हुने गरि डिजिटल तर्फ लम्किरहेको छ । कार्यालयको सम्पुर्ण गतिविधि पारदर्शि रुपमा जानकारी गराई उपभोक्तालाई सुशुचित गराउने उद्देश्यले समितिले आफ्नै एप्स सञ्चालनमा ल्याएको छ ।

Banganga Drinking water sanitation cometee नामक एप्स सञ्चालन गरेसंगै संस्थाको समग्र परिचय, बर्तमान कार्यसमिति, संस्थापक कार्यसमिति, निवर्तमान कार्यसमिति, सल्लाहकार समिति लगायतका पदाधिकारी तथा सदस्यहरुको नामावली उपभोक्ताले सहजै जानकारी पाउन सक्ने छन् ।

तत्कालिन कर्मचारी, अनुगमन समिति, लेखा समितिका पदाधिकारी, पानी महशुलको दररेट, कार्यालय देखि उपभोक्ता सम्मको सुचना, उपभोक्ता देखि कार्यालय सम्मको सुचना, संस्थाका समाचार, उपभोक्ताका गुनासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया समेत सोहि एप्सबाट जानकारी लिन सकिने खोपानी संस्थाका अध्यक्ष बिश्व कार्कीले जानकारी दिए ।

संस्थाका हरेक गतिविधिहरु पारदर्शि रुपमा उपभोक्तालाई जानकारी गराई सुशुचित गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त एप्सबाट उपभोक्ताले कुन ठाउँमा कुन पाईप छ भनेर जानकारी लिन सकिने समितिले जनाएको छ ।

 


प्रकाशित : २०७८ भाद्र १७, बिहीबार ०८:३५