अर्घाखाँची ,भदौ १९
अर्घाखाँचीमा सवारी सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइसअर्घाखाँचीको शितगंगा नगरपालिका(३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
हाइसमा १० जना सवार भएकोमा पाँच जना घाइते भएका छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जानकारी दिएको छ । । मृतकको सनाखत भएको छैन र घटनाको थप विवरण आउन बाँकी रहेको छ ।