बिहानी आवास समुहको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य चयन

[sharethis-inline-buttons]

असीम क्षेत्री, कपिलवस्तु

बिहानी आवास समुहको प्रथम साधारण तथा अधिवेशन सम्पन्न भएको छ। आज भएको भेला बाट सर्वसम्मत नयाँ कार्य समिति छनोट भएको छ।नयाँ कार्यसमितिको अध्यक्षमा लक्ष्मण आचार्य ,उपाध्यक्षमा रितु सोमै सचिब प्रेमबहादुर क्षेत्री, कोषाध्यक्षमा भिमलाल गौतम , सदस्यहरु सृजना घिमिरे अर्याल ,बिष्णु दत्त पाण्डे , सन्तराम थारु, दिनानाथ रौतार, खेम बहादुर महत , बालकृष्ण शर्मा , देवश थापा र लेखा समितिको संयोजकमा असिम कडेल क्षेत्री सदस्यहरु रन बहादुर थापा र बिमला थापा साथै सल्लाहकारमा चक्र बहादुर क्षेत्री , भोजराज आचार्य, पुर्ण बहादुर पंगेनि , मनिराम पन्थी र बलराम पौडेल सहित गठन गरियो ।

कार्यक्रमको संचालक प्रेमबहादुर थापा ले गर्नुभयो थियो भने आवास समुहका सल्लाहकार चक्र बहादुर क्षेत्री ले स्पष्ट खालको कार्य ढाचा बनाई सम्पूर्ण सदस्यहरु लाई समेटी दीर्घकालीन रुप सम्म संचालन गर्नको लागि महत्त्वपूर्ण सुझाव सल्लाह दिनु भएको थियो भने नयाँ कार्य समितीका अध्यक्ष लक्ष्मण अचार्यले अब आज बाट यो श्री बिहानी आवाज समुहले एउटा आधिकारिक रूपमा कार्य समिति पाई सके पछि ४ वर्षे कार्यकाल भित्र यो आवास समुहलाई नमुना आवास केन्द्र बनाउने प्रतिबद्धता गर्नु भयो र कार्यक्रमको अन्तिममा बोल्दै यो अभियानमा सबै सदस्यहरुलाई एकताबद्ध हुनुपर्ने बताउनु भयो।


प्रकाशित : २०७८ भाद्र १९, शनिबार १७:१३