कोरोना प्रतिकार्य समूहका लागी १ दिने तालिम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव ।
सनसाइन समाजिक किकास संस्थाको आयोजना मायादेवी गाउँपालिका को समन्वय तथा युनाइटेड मिसन टु नेपालको सहयोगमा कोभिड १९ महामारी प्रतिकार्य मा स्वास्थ्य प्रणाली सुधार परियोजना अन्तर्गत सङ्कर्मित खोज पडताल पहिचान तथा जनचेतना सम्बन्ध मा कोरोना प्रतिकार्य समूहका लागी १ दिने तालिम मायादेवी गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ।

कोभिड १९ महामारी रोकथाम र नियन्त्रणका लागि को कोभिडको शंकास्पद सम्भाबित र पुष्टि भएको बिरामी हरु को केश अनुसन्धान र निजका सम्पर्क आएका व्यक्ति हरुको खोज पडताल गरि आवश्यक सेवा सुबिधा तथा उपचार परामर्श दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
विगत को दिनमा कोभिड समस्या भएमा सिआईसिटी समूह को सक्रिय सहभागिता नभएमा सम्बन्धित कर्मचारी हरुलाई समाग्री उपलब्ध नभएको प्रेरक पक्षहरुमा गाउँ पालिकाले सम्बन्धित निकाय ला समन्वय चाहेको सक्रियता को साथमा सम्बन्धित निकायहरुले समुह को परिचालन मा ध्यान नदिएको रिस्क सञ्चारको बारेमा तालिम प्राप्त नभएका बिभिन्न समस्या लाई आगामी दिनमा कोभिड प्रभावित बिरामी हरु सि आई सी टी को परिचालन मा फेरी पनि त्यस खालको समस्या हुना नदिन को लागि सम्पर्क राख्नका टोलीलाई आवश्यक स्वास्थ्य स्वास्थ्य समाग्री उपलब्ध गराउन प्रेरक पक्षको सहयोग चाहेमा गैर सरकारी संस्था सँग समन्वय गर्ने सनशाइन समाजिक बिकास संस्थाको कार्यक्रम को कार्यक्रम संयोजक एलिसा देवले बताईन।

बिगतका दिनमा कोभिडको समयमा भएको समस्या तथा चुनौति हरु लाई अगामि दिनमा कोभिड प्रभावित र पुष्टि लागि सि आई सी टी समूह मायादेवी गाउँ पालिका को स्वास्थ्य संयोजक तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सहयोगी संस्था सनसाइन समाजिक बिकास संस्था मार्फत सो चुनौती र समस्या लाई समाधान गर्न प्रतिबद्धता को साथ कार्ययोजना तयार गरिएको थियो।

कार्यक्रममा कोभिड १९ महामारी को बिषय बस्तु तथा सि आई सी टीको उद्धेश्य,भुमिका र बिषयबस्तु बारे प्रस्तुतिकरण गरिएको थियो।
कार्यक्रममा मा जिल्ला स्वास्थ्य मन्त्रालय कपिलवस्तु को स्वास्थ संयोजक उमेश गुप्ता ,सनसाइन समाजिक बिकास संस्थाको कार्यक्रम को कार्यक्रम संयोजक एलिसा देव, मायादेवी गाउँ पालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव,सि आई सी टी समितिको संयोजक बिश्वनाथ ठाकुर, कार्यक्रम प्रवन्धक सन्जु गौतम र सि आई सी टीसमितिको सहभागिता भएको सनसाइन समाजिक बिकास संस्था को फिल्ड कोर्डिनेटर हेमराज चौधरीले वताए।


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार ०५:०१