
हरि आचार्य, कपिलवस्तु
जिल्ला मालपोत कार्यलय कपिलवस्तुले बुवाको मुख हेर्ने दिनको अवसर पारी उत्कृष्ट कर्मचारी सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरि बिगत २६ बर्ष देखि जिल्ला भुमिसुधार कार्यलय कपिलवस्तुमा कार्यरत बोधिराम पौडेललाई सम्मान गरेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ भग्लापुर निवासी पौडेल भुमिसुधार कार्यलय कपिलवस्तुमा बिस २०४६ सालमा करारमा नियुक्त रहि २०४८ सालमा कार्यलको निजामती कर्मचारीका रुपमा थाही रूपमा नियुक्ति भएका थिए । जिम्मेवारी सम्माहाले देखिनै उच्च कार्य सम्पादन गरेको भन्दै बुबाको मुख हेर्ने दिनको अवसर पारी जेष्ठ कर्मचारीका रूपमा ईमानदार र कर्म निष्ठा पुर्वक कार्य गरेको हुदा कार्यलय प्रमुख श्री ऋषिराम पौडेल उनलाई सम्मान गरेका थिए ।
कार्यलय प्रमुख श्री ऋषिराम पौडेलले सम्मान गर्दै बधाई सहित आगामि दिनमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै सम्मान ग्रहण गर्दै पौडेलले यो सम्मानले थप हौसला र उर्जा मिलेको भन्दै आगामि दिनमा उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

