जसपाद्धारा राहत वितरण

[sharethis-inline-buttons]

लुदस
कपिलवस्तुको शुद्धोधन गाउँ पालिका वडा न.१ अन्र्तगत रहेका बाढीपीडित परिवार लाई जनता समाज पार्टी नेपाल वडा समिति द्वारा बाढी पिडित,गरिब,बिपन्न र असहाय परिवार लाई राहत वितरण गरिएको छ।

केही दिन अघिको अविरल वर्षा र आकास्मिक बाढीको कारणले गर्दा घरमा भएको सम्पूणर् सरसमान क्षति भएको परिवारहरु लाई घरायसी स्तरमा खाना को लागि समस्या भएकोले समाग्री वितरण गरिएको बताईएको छ ।


समाग्री वितरण मा चामल,तेल,आलु,प्याज,दाल मरमसाला किराना सम्बन्धि सरसमान ८ घरधुरीमा करिव २० हजार बराबर को समाग्री वितरण गरिएको हो ।
जनता समाज पार्टी नेपालको वडा समिति द्वारा जसपाको जिल्ला अध्यक्ष सैलेन्द्र कुमार यादव,वडा समिति अध्यक्ष जग नारायण कोरी,समाजसेवी राम बहादुर चौधरी,सोनु यादव,सुरेन्द्र कुमार चौधरी,छोटेलाल कुर्मी,फारुक मुसलमान,जय प्रकाश थारू र शिवप्रसाद यादव को सहभागितामा समाग्री वितरण भएको समाजसेवी राम बहादुर चौधरी ले जानकारी दिएका छन् ।


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार ११:५३