लुदस
कपिलवस्तु को मायादेवी गाउँ पालिकाको आयोजना, सन साइन समाजिक किकास संस्था को सहकार्य तथा समन्वय तथा ग्ःल् अष्ट्रेलियन एडको प्राबिधिक सहयोगमा कोभिड १९ महामारी प्रतिकार्य मा स्वास्थ्य प्रणाली सुधार परियोजना अन्तर्गत सङ्कमित खोज पहिचान तथा जनचेतना सम्बन्ध मा कोरोना प्रतिकार्य समूह लाई (ऋक्ष्ऋत्)सम्बन्धि १दिने तालिम मायादेवी गाउँ पालिकाको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा कोभिड १९ महामारी को बिषय बस्तु तथा (ऋक्ष्ऋत्)को उद्धेश्य,भुमिका र बिषयबस्तु बारे प्रस्तुतिकरण भएको थियो।
कार्यक्रममा मा मायादेवी गाउँ पालिकामा खोजपडताल न्यून रहेको र तालिम को आवश्यकता महसुस भएर कार्यक्रम आयोजना गरिएको हो।
विषय अनुसन्धान तथा सम्पर्क खोज पडताल टिमको क्षमता अभिवृद्धि गरी कन्ट्याक्ट् ट्रेसिङ्गको दर दायरामा वृद्धि गर्ने नै कार्यक्रम को मुख्य उद्धेश्य सनशाइन समाजिक विकास संस्था को सहजकर्ता एलिसा देवले बताइन ।
विगतको दिनमा कोभिड १९को महामारी को कारण समस्याहरू भएका कारण सोचे जस्तो व्यवस्थापन गर्न नसकिएको ले यो कार्यक्रम समय सापेक्ष हुन सक्ने वक्ता ले बताए।
कोभिडमा अग्रपंतीमा खटिने कर्मचारीहरुको लागि व्यक्तिगत सुरक्षा सावधानी मा सहजता बाताबरण बनाउन कठिन भएका समस्या व्यवस्थापनमा प्राविधिक कठिनाई लगायत कारण ले गर्दा भएका चुनौतीलाई आगामी दिनमा समाधान गर्दै अबको दिनमा प्रभावकारी केश पहिचान तथा व्यवस्थापन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो।
तालिममा मायादेवी गाउँपालिका का स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव,सङ्क्रमित खोज पडताल पहिचान समिति का संयोजक बिश्व नाथ ठाकुर,स्वास्थ कार्यालय को प्रशिक्षक,यु एम एन को परियोजना व्यवस्थापक सन्जु गाैतम लगायतको उपस्थित रहेको थियो।




















