रिसव आचार्य
एमसिसि विरुद्ध राष्ट्रिय जनमोर्चाले आज देशभर प्रर्दशन गरेको छ । जनमोर्चाले देशका कतिपय क्षेत्रमा संयुक्त र कतिपय कतिपय जिल्लामा एकल प्रर्दशन गरेको हो जस अन्र्तगत कपिलवस्तुका विभिन्न स्थानमा पनी जुलस सहित सभा सम्पन्न भएका छन् ।
जिल्लाको सदरमुकाम तौलिहवा र पश्चिम विजयनगर गाउँपालिका मा राष्ट्रघाती एमसिसि सम्झौता विरुद्ध बिरोध सभा सम्पन्न गरेको हो ।

जिल्ला को सदरमुकाम तौलिहवा मा भएको बिरोध सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक, शशी सापकोटा ले सम्बोधन गरेका थिए भने राजमो जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेको संचालन रहेको थियो । यसै गरी जिल्ला को पश्चिम भारत को सीमा सँग जोडिएको विजयनगर गाउँपालिका मा पनि राष्ट्रघाति एमसिसि विरुद्ध बिरोध सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकामा पनी एमसिसिको विरोधमा सभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल सुनार को अध्यक्षता, र रक्तिम सांस्कृतिक अभियान शिव राज का अध्यक्ष बेगम बुढा को सञ्चालन मा भएको कार्यक्रम लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथाअखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदै ले सम्बोधन गरेका थिए ।
वक्ता हरुले, एमसिसि सम्झौता नेपालको कानुन भन्दा माथि हुने, सेना सहित आउने, नेपाल सरकार को समेत कुनै हात नहुने, तत्कालीन अवस्था मा आर्थिक सहयोग को नाम मा अमेरीकि सेना , नेपालमा घुस्न चाहेको , इन्डो प्यासिफिक रणनीति अन्तर्गत चीनलाई घेर्ने रणनीति भएको , नेपाल लाई अस्थिर बनाउने, चीन र अमेरिकाको युद्ध मा नेपाल रणभूमि हुने भएको ले यो सम्झौता को विरुद्ध संघर्ष गर्नु परेको बताए, साथै सम्पूणर् देशभक्त जन समुदाय लाई राष्ट्रघाती एमसिसि खारेज गर्न , आन्दोलन मा सरिक हुन, अपिल गरिका थियो ।




















