भारी बर्षामा भिज्दै नेपालटारमा प्रर्दशनकारीद्धारा देउवा र मोदिको पुत्ला दहन

[sharethis-inline-buttons]

लुदस,काठमाडौ । नेकपा एमाले निकट अनेरास्ववियु ग्रामीण आदर्श मल्टिपल क्याम्पस काठमाडौ र राष्ट्रिय युवा संघ नेपाल ताराकेश्वर र एन आर क्याम्पस नेपालटारले आज ताराकेश्वर नगरपालिका ११ नेपालटार चोकमा बिरोध प्रदर्सन गरेको छ । प्रर्दशनका क्रममा आन्दोलनकारी र प्रहरी प्रशासन बिच झडप समेत भएको छ ।

आन्दोलनकारीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरेका थिए । प्रर्दशनमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले एम सि सि मुर्दाबाद, जयसिंह धामिलाइ न्याय दे, वाक स्वतन्त्र कायम गर , ले ले जनता खुकुरी ले प्रचण्ड र शेरबहादुरलाई छप्काइदे , नेकपा एमाले जिन्दावाद जस्ता नारा लगाइ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेका छन् ।

 प्रर्दशनका क्रममा युवा तथा विद्यार्थीहरुले राके जुलुश समेत निकालेका थिए। करिब एक सय बढी विद्यार्थीहरुले राँके जुलुश सहित बिरोध प्रर्दशन गरेका थिए । आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीहरु बिच झडप हुँदा युवा संघका ताराकेश्वर नगर इन्चार्ज बलाराम सिटौला सहित दर्जनौ प्रर्दशनकारीहरु घाइते भएका छन् ।

अनेरास्ववियु केन्द्रिय सदस्य तथा ग्रामीण आदर्श क्याम्पस का अध्यक्ष बाबुराम कुवरले परमादेशबाट बनेको कम्फरटेबल सरकारले एमसिसि पास गरेमा थप सशक्त आन्दोलन गरिने बताएका छन् । प्रर्दशनमा बर्षाले परिरहे पनि आन्दोलनकारिको उत्साहजनक उपस्थितले बिरोध पर्दशन भब्यरुपमा सम्पन्न गरिएको छ ।


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार १७:५०