कपिलबस्तुमा युवा कवि मोतीराम भट्टको १५५ औँ जन्म जयन्ती मनाइयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कृष्ण अग्रहरी, तौलिहवा ।

कपिलवस्तुको तौलिहवामा आज मोतीराम जयन्तीको अवसर पारेर राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५५ औँ जन्म जयन्ती मनाइएको छ ।
सो अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान कपिलवस्तुको आयोजनमा कवि गोष्ठी गरी विभिन्न विधामा कविता वाचन गरेका छन् । युवा कवि मोतीराम भट्ट को तस्बिरमा फूलमाला अर्पण गरी श्रद्धापूर्वक कार्यक्रम गरिएको छ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठान कपिलवस्तुको अध्यक्ष शाकुन्तला पौडेल, उपाध्यक्ष इन्दिरा देवकोटा, वासुदेव चौधरी, राघवेन्द श्रीवास्तव, विनोद गुप्ता, लक्ष्मण पन्थी, अन्जन सिग्देल, पत्रकार ओरीराम चौरसिया, जय शिव शंकर प्रसाद गुप्ता, शिवनाथ उपाध्याय ,राज्य कुमार लोनिया, राम शंकर यादव, अंशु पौडेल, सरोज ज्ञवाली, राजेश माणि त्रिपाठी, नन्दलाल कुर्मी, भानु चतुर्वेदी ,गीता त्रिपाठी र रवि चन्द्र शाक्यले कविता वाचन गरी आफ्ना विचारहरु राखेका थिए।

वि.सं १९२३ भाद्र कृष्ण कुशे औँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँशीकै दिन ३० वर्षको उमेरमा मृत्यु भएका युवा कवि मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गरेका योगदानका बारेमा नव साहित्यिक समाज कपिलवस्तुका अध्यक्ष पशुपति मणि त्रिपाठीले प्रष्ट पारेका थिए।


प्रकाशित : २०७८ भाद्र २२, मंगलवार १८:१७