लुदअ, कपिलवस्तु
अनेरास्ववियु केन्द्रिय सदस्य रतन बिकले जन्मदिनको शुभ अवसर पारेर एक कार्यक्रम गरि बुद्धभुमी ३ का जाउ थारुको ४ जनाको परिवारलाई स्वास्थ्य बिमा प्रदान गर्नुभएको छ । अब उत्त परिवारले १ वर्ष सम्म १ लाख बराबरको औषधि उपचार निशुल्क रुपमा गर्न पाउने भएका छन ।
कार्यक्रम बुद्धभुमी ३ का वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य बिकास, समाजसेवी धर्मराज गैरे, लेखनाथ बेल्वासे, मिना शर्मा, भरभुते थारु लगाएतको उपस्थित रहेको थियो ।
घरमुली जाउ थारु लामो समय देखि मानसिक रोगी हुनुहुन्छ भने उनको श्रीमती मुन्नी थारु मधुमेह रोगबाट ग्रसित रहदै आउनुभएको छ । आयआर्जनमा लाग्नु पर्ने हामी दुई दम्पति नै दिर्घ रोगी भएकोले नियमित औषधि सेवन गर्न पनि पैसाको अभाव हुने गरेको मुन्नि थारुले बताउनु भयो ।
कपिलवस्तु विद्यार्थीहरुमाझ लोकप्रिय मानिने रतन बिक २०५२ साल भदौ २२ गते जन्मिनुभएको हो । उहाले समाजमा रहेका गरिब दुखी असहाय बिपन्न परिवारलाई यस अघि कोभिडको समयमा पनि विभिन्न संघसंस्थासंगको समन्वयमा खाधान्न बितररण गर्दै आउनुभएको थियो ।