तिलोत्तमा ,भदौँ २६
NRNAमहिला फोरम NCC र नेपाल ब्रुसेल्स मिलन केन्द्र को संयुक्त आयोजनामा तीज विषेश तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । तिजको अवसर पारेर कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा बेनेलेक्सका महामहिम राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
NRNA का उपादध्यक्ष तिर्थराज धमाला व्यवसायीसंघका अध्यक्ष यामु निरौला,नेपाल ब्रुसेल्स मिलन केन्द्र अध्यक्ष तथा NRNA बेल्जियम ब्रुसेल्स संयोजक अर्जुन घिमिरेको स्वागत मन्यव्य NRNA महिला फोरम उपसंयोजक शैलजा कट्टेल आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी ब्रुसेल्स मिलन केन्द्र का संस्थापक अध्यक्ष उत्तम गौतम९पारस०बाट ब्रुसेल्स बाट निर्बाचित NRNA बेल्जियम सदस्य हरुलाई ब्रुसेल्स बासीको तर्फबाट सम्मान गरिएको थियो ।
NRNA महिला संयोजक ईश्वरा शर्माको अध्यक्षता, सिर्जना कार्की थापा महासचिव नेपाल ब्रुसेल्स मिलन केन्द्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















