नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ पिधरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर करिब ५० मिटर तल खेतमा खसेको थियो।
दुर्घटनामा स्थानीय ५४ वर्षीय ओमबहादुर पल्ली मगर घाइते भएका थिए। उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















