पोखरामा दिगो बिकास लक्ष्य प्राप्तिमा सहकारीको भुमिका बिषयक कार्यशाला

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कृष्ण अधिकारी,पोखरा ।
दिगो बिकास लक्ष्य प्राप्तिमा सहकारीको भुमिका बिषयक १ दिबसीय कार्यशाला गोष्ठी शनिबार पोखरामा सम्पन्न भएको छ। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दिगो बिकास लक्ष्य प्राप्तिमा सहकारीको भुमिका बिषयक १ दिबसीय गोष्ठीमा आजको सहकारी उत्पादनमा साझेदारी भन्ने निस्कर्ष सहितको मोडलका सन्दर्भमा गण्डकी प्रदेश रास्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपस्कुनका गण्डकी प्रदेश संयोजक कमला गिरी ,जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल ,पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी ,जिल्ला सहकारी संघ कास्कीका निबर्तमान अध्यक्ष रबिरमण तिबारी जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छबिलाल लामिछाने ,कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी ,कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बराल ,कोअपरेटिभ म्यानैजर्स क्लव कास्कीका अध्यक्ष अपिल कोईराला प्रधानाध्यापक भिमकान्त बराल लगायतका बक्ताले सहकारी आन्दोलन तथा अभियानका अनुभव तथा उक्त प्रस्तुत कार्यपत्र माथी जिज्ञासा राखेका थिए ।

कार्यक्रम रोयल साकोसका अध्यक्ष तुलसी प्रसाद गुरुङको अध्यक्षता र कार्यकारी प्रमुख भिम गुरुङको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ भाद्र २६, शनिबार १६:४१