बुटवलमा सवारी दुर्घटना हुदा २ जना गम्भीर घाइते

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल ,भाद्र २७

बुटवलको जीतगढीमा सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।बुटवलतर्फ आइरहेको सवार लु ४५ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुपन्देहीको कञ्चन गाउँपालिकाका ५९ वर्षिय लोकराज बुजेल र उनका श्रीमती ५६ वर्षीया उमादेवी गम्भीर घाइते भएका छन् । दुर्घटनापछि घाइतेहरुलाई बुटवलको चौराह अस्पतालमा उपचारका लागि पठाइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : २०७८ भाद्र २७, आईतवार ०७:५०