कहिले बन्छ बाटो  ?

[sharethis-inline-buttons]

लक्ष्मी पाण्डे
तिलोत्तमा , भदौँ २९

मंगलापुर कान्छीबजार जाने बाटोको बारेमा आज मलाई लेख्न मन लाग्यो । सायद यो बाटोले गर्दा मैले पनि समस्या भोग्नुपरेको भएर होला । हजुरहरु त्यो बाटो हिड्नु भाको छ भने त केही भन्नै परेन तपाइले यो समस्या भोग्नुभएकै छ ।

मंगलापुर बाट पुर्व लागे लगत्तै कान्छी बजार पुग्दा सम्म नै बाटो निकै बिग्रिएको छ । बिच बिचमा निकै ठुला ठुला खाल्टा छन । सकेसम्म त्यो बाटो हिड्न नै नपरे हुथ्यो भन्ने सोच्छन यहाँका मानिसहरु । सकेसम्म त यो बाटो छलेर नै हिड्ने गर्छन मानिसहरु यदि हिडिहाले पनि साइकल, स्कुटर बाइक ,इरिक्सा , बस या जुनसुकै यातायातका साधन एक वा दुईपटक लिएर गयौ भने मर्मतको आवश्यकता पर्छ ।

हुन त यो बाटोको लागि बजेट नपरेको पनि होइन करिब २ बर्ष अगाडि विश्व बैंकबाट बजेट परेको भन्ने समाचार आएकै थिए । २बर्ष बितिसक्दा पनि किन काम हुन सकेन त ?

देशको राजनिती हालको अवस्थामा बिग्रिएको छ त्यसको असर स्थानिय तहमा पनि व्यापक रुपमा नै छ ।अबको दश महिना भित्र हुन लागेको चुनावको रन्को अहिलेदेखि नै देखिन्छ । खोइ त स्थानिय जनताका समस्या बुझेको ।हामीले भोट राखेर जिताएका जनप्रतिनिधिको दायित्व के त ?

जानुस र बुझ्नुहास न यो बाटोले गर्दा इ -रिक्सा चलाउने चालकको पिडा, बस चलाउने चालकको पिडा । बाटोको समस्याले गर्दा भाडादर पनि बढेको छ दुइतर्फी हिड्ने पैसा एकतर्फी हिड्दा नै सकिन्छ । यस्तै बाटो कहिलेसम्म त ?

कहिले बन्छ त यो बाटो र थोरै भएपनि काम भएको अनुभुति जनतामा किन छैन र? यस्तै यस्तै थेरै कुरा सोध्न मन छ जनप्रतिनिधिसँग । आउनुहोस संवादको सुरु गरौँ न ।


प्रकाशित : २०७८ भाद्र २९, मंगलवार ०९:४१