राष्ट्रिय बाल दिवस ः वालगृहका बालबालिकालाई बुद्धभुमिको सहयोग

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
राष्ट्रिय बाल दिवसका अवसरमा पारेर कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले बालगृहका बालबालिकाहरूकालागि विभिन्न खाद्य सामाग्रीहरू सहयोग गरेको छ ।

नगरले वाल दिवसका अवसरमा वालबालिकालाई केहि दिन पुग्नेगरि चामल नुन, चिनि अण्डा, फलफुल तेल, दाल, चाउचाउ, लगाएतका १८ प्रकारका सामाग्री प्रदान गरेको हो ।

बुद्धभुमी नगरपालिकाका तर्फबाट नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाल बाल संगठन कपिलवस्तु का सभापति गोपालमणि ज्ञवालीलाई उक्त खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

नगर प्रमुख श्रेष्ठले बुद्धभुमी नगरपालिकाले बिगतका बर्षहरूमा पनि आर्थिक अनुदान उपलब्ध गराउंदै आएको बताउदै यस बर्ष पनि बालबालिकालाई लक्षित गरि खाद्यान्न सहयोग गरिएको जानकारी गराउनुभयो ।

आफुले यसरी अत्यन्त आवश्यकीय ठाउंमा सहयोग गर्न पाउँदा खुसि लागेको र नगरपालिकाको तर्फबाट आगामी दिनमा वाल गृह संचालनका लागि २ लाख सहयोग गर्ने जनाउनुभयो ।

बुद्धभुमी नगरपालिकाको यो सहयोगले कपिलवस्तु बालगृह संचालनमा महत्वपूणर् भुमिका निर्वाह गर्नेमा आफू बिस्वस्त भएको भन्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे ले नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायत नगरपालिका टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

बाल संगठन कपिलवस्तुका सभापति श्री गोपालमणि ज्ञवालीले नगरको सहयोगले हौसला मिलेको बताउदै आगामी दिनमा पनि यस प्रकारका सहयोगहरू र सहकार्य का लागि अनुरोध गरे –


प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १०:०५