
हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु सचिवालय बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अनेरास्ववियुका जिल्ला सह संयोजक दयाराम पौडेलको अध्यक्षता, केन्द्रिय कमिटि सचिवालय सदस्य टुकलाल गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकले असोज १६ गते हुने अनेरास्ववियु बाणगंगा नगर कमिटि सम्मेलन तथा अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्ने निर्णय गरेको छ । उक्त कार्यक्रम सफल पार्नका लागि बाणगंगा नगरपालिकाका सम्पुर्ण वडाको जिम्मेवारी सोहि वडाका सचिवालय सदस्यहरुलाई बांडफांड गरिएको छ ।
देशका विभन्न संगठन मध्ये सबैभन्दा सशक्त संगठन अनेरास्ववियु भएकाले आगामि निर्वाचनमा नेकपा एमालेलाई देशकै पहिलो पार्टी बनाउने उद्देश्यका साथ अगाडि बढ्न अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य टुकलाल गैरेले निर्देशन दिए । गैरेले नगर सम्मेलन तथा अधिवेशनमा सक्रियता पुर्व उपस्थित भई कार्यक्रमलाई सफल पार्न जिल्ला सचिवालयलाई निर्देशन दिए ।
त्यस्तै जिल्ला सह संयोजक दयाराम पौडेलले कार्यक्रमलाई सफल पार्न जिल्ला सचिवालय कुनै कसर बांकी नराख्ने बताए । सह संयोजक पौडेलले सिद्धार्थ क्याम्पसको सभाहलमा हुने कार्यक्रममा ५ सय बढि उपस्थित गराउने उद्देश्य रहेको बताए ।

