
लुदस, लवनी
कपिलवस्तुको दक्षिणी सिमा नाका शिवलवा र गौरी नाका पछिल्लो समय तस्करीको लागि सहज बन्दै गएको छ ।
यी दुई नाकाबाट तस्करीहरुले चिनी, किराना, समान चामल सुर्ति लगाएतका बस्तु तसकरी गर्दै आएका छन् ।
ग्रामिण भेगमा रहेका यी नाका तस्करका लागि सहज बन्दै आएको पाईएको छ । बुधवार सिवलवा नाकामा रहेको नेपाल प्रहरी प्रहरीको सामान्य चेकजाँच पछी तस्करीले २ घण्टामा ४ बोरा चिनी तस्करी गरेका थिए ।
बुधवार मात्र होईन अन्य दिन पनी प्रहरीकै मिलेमत्तोमा चामल चिनि कपडा तस्करी हुने गरेको स्थानियले बताए । तस्करहरुले तस्करी गरेको सामान स्थानिय बजारका व्यापारी र गोदाममा राख्ने गरेको बताईएको छ ।
सो वेला चिनि ल्याएका एक व्याक्तिसँग लुम्विनी दर्पणका संवाददाताले कुरा गर्दा आफुले पचेहरा लानको लागि ल्याएको र आवश्यक अडर गरे जती पनी उपलव्ध गराउन सक्ने बताए ।
उनले काम गरेवापत प्रहरीलाई महिनावारी दिनुपर्ने बताए । अहिले तस्करी गरि ल्याईएको जब्बर सुर्ति बजारमा छ्यापछ्याति पाउन सकिन्छ । यस विषयमा शिवलवा चौकीका प्रहरी नायव निरिक्षक शिवनाथ यादवले पुजाका लागि कसैले लगेको हुनसक्ने तस्करी नभएको जिकिर गरे उनले हाल सम्म कुनै वस्तु भन्सार गराउन नपरेको बताउदै भन्सार गर्न परे कहाँ पठाईन्छ भन्ने प्रश्नमा गोरुसिंगे तिर भन्ने जवाफ दिए । यादव भन्सारका बारेमा समेत अनविज्ञ छन् ।

