
तिलोत्तमा, असोज १
तिलोत्तमा चेम्बर अफ कमर्स ९व्यापार संघ० को आठौं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिका नगर उपप्रमुख जगेश्वर देवी चौधरी, विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, अतिथि नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, प्रमुख सल्लाहकार रुपन्देहीबाट प्रथम उपाध्यक्ष दिल्लीराज भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, पुर्व कार्यसमिति, पुर्व लेखासमिति, पुर्व सल्लाहकार समिति, उद्योगी, व्यवसायीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले संस्थाले गरेका व्यवसायिक एवं सामाजिक कार्यहरु प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको अझ बढी प्रगतिको कामना गरेकी थिइन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले अब सबै पक्ष सकारात्मक रहेको हुँदा छिट्टै यस संघको आफ्नै भवन निर्माण कार्य सुरु हुने जानकारी गराए ।
अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यवसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने बताए । स्वागत मन्तव्य प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले राख्नु भएको थियो साथै शुभकामना मन्तव्य विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, अतिथि नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, प्रमुख सल्लाहकार रुपन्देही ब्यापार संघ प्रथम उपाध्यक्ष दिल्लीराज भण्डारीले दिनुभएको थियोे । कार्यक्रम संचालन संस्थाका महासचिव बिष्णु बरालले गर्नुभएको थियोे भने कार्यक्रम संयोजक समुन्द्र श्रेष्ठको ब्यवस्थापनमा सम्पन्न भएको थियो ।

