राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु नगर, गाउँ तथा वडा कमिटि विस्तारमा तिब्र रुपमा लागेको छ ।

सोहि क्रममा भब्य र सभ्य रुपमा बाणगंगा नगर कमिटि गठन गरियो । सोहि बाणगंगा नगर समितिले नगरपालिकाका ११ वटै वडामा युवा सघ वडा कमिटि गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
सोहि क्रममा असोज २ गते शनिवारका दिन बाणगंगा नगरपालिका वडा नं. ८ वडा कमिटि गठन गर्ने कार्यक्रम आयोजना गरिएकोे छ ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको वडा ईन्चार्ज दिपक जिसिले जानकारी दिएका छन् ।

नगर समितिको अधिवेशनले प्रत्येक वडाका ईन्चार्ज चयन गरेको थियो । वडा नं. ८ का वडा ईन्चार्ज दिपक जिसिका अनुसार वडा कमटि गठनमा करिव ३ सय नेकपा एमाले निकट कार्यकर्ताहरुको उपस्थिती गराउने उद्देश्यका साथ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १५:१७