रडले हानेर छिमेकीको हत्या

[sharethis-inline-buttons]

चितवन ,आश्विन २

पूर्वी चितवनको राप्तीमा छिमेकीले रडले हानेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् ।मृत्यु हुनेमा राप्ती नगरपालिका(९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।
पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेकोप्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।


प्रकाशित : २०७८ आश्विन २, शनिबार ०६:५५