हरि आचार्य, कपिलवस्तु
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम सि सि) विरुद्ध कपिलवस्तुका युवाहरुले प्रदर्शन गरेका छन् । गठबन्धन सरकारले एम सि सि पास गर्न खाजेको भन्दै सत्तारुढ गठबन्धनकै युवाहरुले सरकारको निर्णय विरुद्ध नै विरोध प्रदर्शन गरेका हुन् ।
जिल्लाको चार नम्बर जितपुर चोकमा विभिन्न राजनितिक दलका युवाहरुले नो एम सि सि को नारा लगाउदै विरोध जनाएका हुन् ।
स्वाधिनताको रक्षा गरौँ, राष्ट्रघाती एम सि सि खारेज गरौँ भन्ने मुल नारका साथ जिल्लाका सक्रिय युवाहरुको उपस्थितीमा विरोध प्रदर्शन गरिएको हो ।
एम सि सि नेपालमा लागु भए पछि यसका नकारात्मक असरबारे प्रष्ट पार्दै कुनै पनि एम सि सि पास गर्ने सरकारको निर्णय विरुद्ध उभिने युवाहरुले प्रतिवद्धता जनाएका थिए ।
यसबाट सत्तारुढ निकट युवाहरु पनि सरकारको गलत काममा साथ दिनुहुदैन भन्ने स्पष्ट भएको छ ।