कपिलवस्तुको शुद्धोधनमा राप्रपाको आमसभा, २ सय ५० जना पार्टी प्रवेश

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असोज २
राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलबस्तु क्षेत्र नम्बर १ शुदोधन गांउपालिकाको आयोजनामा लबनि चोकमा आमसभा तथा पार्टि प्रबेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मोहमद हुसेनको नेतृत्वमा काग्रेस, नेकपा, समाजवादी गरि २ सय ५० जना राप्रपामा प्रबेश गरेका छ्न । उक्त कार्यक्रममा पार्टिका बरिष्ठ नेत पुर्ब स्वास्थ्य मन्त्री दिपक बोहोराले आफु स्वास्थ्य मन्त्री हुदा मृगौला, क्यान्सर र पक्षाघात बिरामिलाई प्रत्येक महिना ५ हजार दिने निर्णय गरेकोमा यो भन्दा अगाडिक सरकारले खारेज गरेको र हाल उक्त निर्णय कार्यान्वयन गरेकोमा धन्यवाद दिए ।

आफु २०४८ सालमा यसै क्षेत्रवाट चुनाब लडेको कपिलबस्तु संग आफ्नो पुरानो सबन्ध रहेको आफुलाई जुनसुकै बेला खबर गरेमा यहँ आउने र जस्तोसुकै सहयोग गर्ने तयार रहेको बताए । कार्यक्रममा पुर्ब गृह मन्त्री निराजन थापाले राजाको समयमा कपिलबस्तुमा धैरै पटक सवारि भएको र दरबार अगाडि नै मस्जिद बनाउन दिएको र महोमद हुसेनलाई मन्त्री र रास्टियसभाको अध्यक्ष बनाएर मुस्लिम प्रति उच्च समान दिएको बताए ।

कार्यक्रममा लुम्बिनि प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, कार्यसम्पादन सदस्य ताहिर अलि, केन्दिय धुर्व ध्रुब रायमझि, इदिर्स मुसलमान बिजय लक्षमी सिङ, कनिजा फातमा रगुन, देबेन्द्र श्रीवास्त्व, मनोज सुक्ल रुपन्देहि राप्रपा अध्यक्ष सागर प्रताप राणा, कपिलबस्त अध्यक्ष नारायण बहादुर सिहं लगायत पार्टिलाई पुरानो अबस्थाम पुराउन सबै आफ्नो ठांउबाट मेहेनत गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम शुदोधन गांउपालिका अध्यक्ष बिजय कुमार पान्डेको अध्यक्षता, सुब्बा थारुको स्वागत मन्तब्य तथा प्रमोद मिश्रको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ आश्विन ३, आईतवार ०१:४१