राप्रपामा प्रवेश गर्नेको लहर : बुद्धभूमिमा पनि डेढ सय बढि प्रवेश

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलबस्तु क्षेत्र नम्बर २ बुद्दभुमी नगरकार्यसमितिको आयोजनामा हरिहरपुरमा बृहत आमसभा तथा पार्टि प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालि कांग्रेस, नेकपा एमाले, नेकपा माओवादि लगायत १ सय ५० जना पार्टि प्रबेश गरेका छ्न् ।

पार्टीका अध्यक्ष तथा पुर्ब अर्थमन्त्री डा. प्रकास चन्द्र लोहनिले राप्रपाले लिएको बिचारले मात्र मुलुकले निकास पाउने बाताए । उनले एन्सेल काण्ड, वाइटवडी काण्ड, लगायत ठुला भ्रष्टाचार भएकोले नागरिक आयोग गठन गरि भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिए ।

उक्त अबसरमा पार्टि नेता नेपालगंज उप महा नगरपालिकाका मेयर डा. धवल शमशेरले पार्टि एमसिसिको बिरोध रहेको र छरियर रहेका हिन्दुबादि र राजसंस्था र भ्रष्टारचारबिरोधि अभियन्तालाई एकिकृत गरि राप्रपालाइ ठुलो रास्टवादी कांग्रेस र कम्युनिष्ट विकल्पको पार्टि बनाएर छाड्ने दावि गरे ।

पार्टिका केन्द्रिय सदस्य ध्रुब रायमाझि, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, केन्दिय सदय नबराज घिमिरे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पार्टीका बुद्दभुमि नगर अध्यक्ष लिलाखर अधिकारिको अध्यक्षता र प्रेम शंकर शुक्लाको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ आश्विन ६, बुधबार १४:४९