
हरि आचार्य कपिलवस्तु, असोज ९
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु नगर, गाउँ तथा वडा कमिटि विस्तारमा तिब्र रुपमा लागेको छ ।
भब्य र सभ्य रुपमा बाणगंगा नगर कमिटि गठन गरियो । सोहि बाणगंगा नगर समितिले नगरपालिकाका ११ वटै वडामा युवा सघ वडा कमिटि गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
सोहि क्रममा आज असोज ९ गते शनिवारका दिन बाणगंगा नगरपालिका वडा नं. ४ मा युवा भेला तथा अधिवेशन आयोजना गरिएकोे छ ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बाणगंगा नगर कमिटि कोषाध्यक्ष सुवास पाण्डेले जानकारी दिए ।
नगर समितिको अधिवेशनले प्रत्येक वडाका ईन्चार्ज चयन गरेको थियो । कार्यक्रममा धेरै भन्दा धेरै नेकपा एमाले निकट कार्यकर्ताहरुको उपस्थिती गराउने उद्देश्यका साथ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताईएको छ ।
कार्यक्रम पिस हिमालयन रिसोर्टमा दिउँसो १ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ ।
यसैबिच राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नंं ३ मा पनि युवा भेला तथा अधिवेशन पनि आज हुंदै छ ।