
हरि आचार्य, कपिलवस्तु ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नगर अधिवेशन पश्चात् वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । वाणगंगा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै वडा कमिटि विस्तार तिव्र रुपमा भइरहेको छ ।
हालसम्म नगरका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९ मा युवाभेला गरी वडा अधिवेशन सम्पन्न भएका छन् । वडा नं. ४ मा श्री प्रसाद रानाको अध्यक्षतामा १० जनालाई पछि मनोनित गर्ने गरि ३५ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा चिन्कु चौधरी थारु, सचिवमा निर्मल शर्मा, सहसचिवमा दिक्षा पोख्रेल, कोषाध्यक्षमा अजय क्षेत्री चयन भएका छन् ।
असोज मसान्त सम्म राष्ट्रिय युवा संघ नेपालको पालिका तथा वडा भेला सम्पन्न गर्ने गरि अभियान संचालन गरिएको संघका स्थायी कमिटि सदस्य गोपालमणी ज्ञवालीले जानकारी दिएका छन् ।
भेलालाई संवोधन गर्दै संविधान सभा सदस्य बलराम अधिकारी, प्रदेश सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताएका छन् । साथै राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेकोमा पार्टीका नेता कार्यकर्ताले जोड दिएका छन् ।