
लुदअ, कपिलवस्तु
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सरगर्मि बढेको बेला देश व्यापि रुपमा वडा तथा नगरमा पनि उक्तिकै माहोल तातेको छ । कपिलवस्तु जिल्लामा पनी विहिवार देखी वडा अधिवेशन सुरु भएको थियो । सोहि सन्दर्भमा नेपालि कांग्रेस बाणगंगाले चार दिन लागएर सवै वडाका वडा सभापतिको टुङ्गो लगाएको छ ।
बाणगंगाको वडा न. १ को वडा सभापतिमा राम प्रसाद घिमिरे, वडा न.२ को सभापतिमा हिम बहादुर कार्कि, वडा न. ३ को सभापतिमा राजन पाण्डे, वडा न. ४मा चित्र बहादुर खाँड, वडा न. ५को सभापतिमा अनिल भण्डारि, वडा न.६ को सभापतिमा अनिल पाण्डे, वडा न.७ को सभापतिमा शेसकान्त बेल्वासे, वडम न. ८को वडा सभापतिमा जगन्नाथ भण्डारी, वडा न. ९ को सभापतिमा भुवन पौडेल, वडा न.१० को सभापतिमा वेचन हरिजन, वडा न.११ मा नरेन्द्र चौधरी साभपतिमा चयन भएका छन् ।
शनिबार साँझसम्म बाणगंगा नगरपालिका बाट २७२ जना क्षेत्रीय प्रतिनिधिको लागि छनौट भएका छन् । अब वाणगंगाबाट २८ प्रतिनिधि छान्न बाँकी छ ।

