शुद्धोधनका चार वडाका स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण

[sharethis-inline-buttons]

रामु यादव,लवनी ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा वडा को स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। गाउँपालिकाबाट एकै पटक ४ वटा एम्बुलेन्स खरिद गरी ४ वटा वडामा रहेको स्वास्थ्य चौकीलाई दिइएको हो। अब शुद्धोधन को सम्पूर्ण बडामा एम्बुलेन्स सेवा उपलब्ध भएको छ।

पालिकामा स्तरमा रहेका सम्पूर्ण व्यक्तिको स्वास्थ्य सम्बन्धि सेवामा पुर्‍याउन गाउँपालिकाले एकै पटक चार वटा एम्बुलेन्स चार स्वास्थ्यचौकी लाई दिइएको हो। पालिको वडा नम्बर १, २, ४ र ५ वडामा रहेको स्वास्थ्यचौकीलाई सोमबार एक समारोहकाबीच एम्बुलेन्स दिइएको हो। गाउँपालिका प्रमुख निसार अहमदखाँ उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले सो एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए।

चार एम्बुलेन्सको साथै गाउँपालिकाको सम्पूर्ण वडामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्सको पहुँच पुगेको गाउँपालिका अध्यक्ष निशार अहमद खाँनले बताए यस अघि वडा नम्बर ३ र ६ का स्वास्थ्य चौकीमा एम्बुलेन्स दिएपछि सो एम्बुलेन्स संचालनमा आई रहेको छ। ‘गाउँपालिकाको ६ वटै वडामा अब एम्बुलेन्स पुगेको छ’ गाउपालिका अध्यक्ष खाँले बताए।

गाउँपालिकामा रहेको सम्पूर्ण जनताको सेवा गर्नका लागि ६ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको खाँनले बताए । शुद्धोधन को सम्पूर्ण वडा भित्र भएकोव्यक्ति लाई आधा भाडामा सेवा पुर्‍याउनुको साथै गर्भवति र सुत्केरी महिला लाई निःशूल्क सेवा गर्ने अध्यक्ष खाँन ले बताए ।

हामीले जनतालाई गरेको प्रतिबद्धता र बाचा अनुसार काम गरेका छौ ’ गाउँपालिका की उपाध्यक्ष सुधा देवी पाण्डेले बताइन्। प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले राजस्व छुट गरी आफूहरुले एम्बुलेन्स खरिद गरी ल्याएको बताए। प्रति एम्बुलेन्स १० लाख ६४ हजार ७६५ रुपैँया लागत गरी कुल ४२लाखमा एम्बुलेन्स आएको उनले बताए।

शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तिलकराम यादवले बिकट रहेको आफनो वडामा एम्बुलेन्स आएकोमा खुसी व्यक्त गर्दै अब जनताले उपचार सेवा राम्रो पाउने बताएका छन्।


प्रकाशित : २०७८ आश्विन ११, सोमबार २२:२७