स्थानियद्धारा गरेको तालाबन्दी पालिका अध्यक्षले खोले

ByLumbini Darpan Online

१२ आश्विन २०७८, मंगलवार २२:१० १२ आश्विन २०७८, मंगलवार २२:१० १२ आश्विन २०७८, मंगलवार २२:१०

नुरमोहम्मद मुसलमान ।

यशोधरा गाउँपालिका वडा नं.२ पश्चिम भडेहरको वडा कार्यालयमा हिजो स्थानियले गरेका तालाबन्दी आज गाउँपालिका अध्यक्ष गृजेश कुमार पान्डेयले खोलेका छन ।

स्थानियले वडा कार्यालय बनाउन गएका विवाह जन्म दर्ता तथा पन्जिकरणको कार्यमा ढिलाई गरेको आरोप लगाउदै तालाबन्दी गरेका वडा अध्यक्ष अब्दुल रसिद मुसलमानले बताएका छन ।सो कुरालाई मिलाउन पालिका अध्यक्ष पाण्डेले नयाँ सचिव राम सुभक यादवलाई वडामा पठाएर ताला खोलेका स्थानिय रियाज मुसलमान बताए ।

कृषि विकास शाखामा ना.प्र.स. सहायक स्तर चौथोमा कार्यरत थिएँ मलाई कुनैपनि अनलाईन सम्बन्धी तालिम हाल सम्म गाउँपालिकाले नदिई वडा नं.२ मा सचिव पदमा पालिकाबाट खटाइएकोले मलाई प्रशासन सम्बन्धी काम गर्न अप्ठ्यारे भएको वडाका भुपु सचिव हरिओमलाल चौरसियाले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *