पिपराकोठिमा सपथ ग्रहण सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस

पिपराकोठी महिला सेवा सामुदायिक बाणगंगा २ पिपराको नयाँ पदाधिकारीहरुको सपथ ग्रहण आज संम्पन्न भएको छ ।

नव निर्वाचित समितिलाई निर्वाचन संयोजक सुरेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराए हुन् । सपथ ग्रहण गराउँदै पाण्डेले पदाधिकारीहरुलाई वनको विकासमा एकजुट भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा बाणगंगा नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले वनको दिगो व्यवस्थापनले समग्र उपभोक्ता र सवैको हित हुने हुदा यसको प्रर्वद्धनमा जोड दिनुपर्ने बताए ।
गत सनिवार भएको निर्वाचनबाट रत्न बहादुर कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भउको थियो । समितिको उपाध्यक्षमा देवमणि बेल्बासे, सचिवमा बाबुराम घिमिरे, कोषाध्यक्षमा सरोजमणि पौडेल र सह सचिव शंकर कार्की निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा शकुन्तला मरासिनी, गीता नेपाल भट्टराई, शोभाखर घिमिरे, हिरामणि घिमिरे, सपना राना, विमला मल्ल, राजेन्द्र चौधरी, रमेश कार्की, दुर्गादेवी पाण्डे, सोनमति चौधरी लगाएत रहेका छन् ।
सपत ग्रहण कार्याक्रम निर्वाचन संयोजक सुरेन्द्र पाण्डेको अध्यक्षता, बाणगंगा नगरका प्रवक्ता विष्णु पौडेलको प्रमुख आतिथ्यता र निर्वाचन मण्डल सदस्य हर्कबहादुर कार्कीको स्वागत रहेको कार्यक्रमको संचालन निर्वाचन मण्डल सदस्य जयराज खनालले गरेका थिए । सो अवसरमा निर्वाचन मण्डलका तर्फबाट संयोजक पाण्डेले निर्वाचनमा प्रत्यक्ष एवम परोक्ष रुपमा सहयोग पु/याउने सम्पुणर्लाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।


प्रकाशित : २०७८ आश्विन १३, बुधबार १५:०२