प्रतिष्ठान कपिलवस्तुको दशौ साधारण सभा सम्पन्न, साँस्कृतिक संग्रहालयका लागी एक लाख उठाउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,कपिलवस्तु ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति, कपिलवस्तुको दशौं साधारण सभा आज सिद्धार्थ क्याम्पस कपिलवस्तुमा सम्पन्न भएको छ ।
कलाकारहरुको साझा संस्था प्रतिष्ठानले कपिलवस्तुमा बिगत १० बर्ष देखी आफ्ना कार्यक्रमहरु संचालन गर्दे आइरहेको छ । साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष डिल्लीनारायण पाण्डेले प्रतिष्ठान सधै कलाकारहरुको हितमा काम गर्ने संस्था भएको बताउँदै यो संस्थाको संरचना देश भरिनै रहेको बताए । कार्यक्रम बोल्दै पाण्डेले लुम्बिनी प्रदेशले तिलोत्तमा नगरपालिका भित्र निर्माण गर्न लागेको लुम्बिनी साँँस्कृतिक संग्रहालयलाई यही फाल्गुन मसान्तसम्म सम्पन्न गर्ने बताउँदै सो को लागी लुम्बिनी प्रदेश भित्र रहेका सबै शाखाहरुले सहयोगका क्षेत्रहरु पहिचान गरी परिचालन गर्नु पर्ने बताए । सो संग्रहालयमा सबै जात जाती भाषा भाषी र सम्प्रदायको संस्कृति झल्काउने खालका बाजा,पोसाक र सामाग्री रहने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्य समितिका सचिव टिकाराम लुँइटेलले केन्द्र तथा प्रदेश आयोजना गर्ने सबै खालका बैठक तथा कार्यक्रममा कपिलवस्तु जिल्लाको सक्रिय सहभागिता रहेको बताए । कार्यक्रमका अतिथि तथा कपिलवस्तु जिल्लाका संस्थापक अध्यक्ष पुर्णचन्द्र परियारले संस्थालाई कृयाशिल र गतिशिल बनाउन सबै पदाधिकारी तथा सदस्यहरु सक्रिय रुपमा लाग्नु पर्ने बताए । कार्यक्रममा जिल्ला कार्य समितिका कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले लुम्बिनी साँस्कृतिक संग्रहालयका लागी दश हजार दिने घोषणा गरेका छन् भने जिल्ला कार्य समितिको पहलमा बिभिन्न संघ संस्था र निकाय सँग समन्वय गरी एक लाख बराबरको सहयोग उठाउने निर्णय गरेको छ । सो को लागी कोषाध्यक्ष सुमन पौडेलको संयोजकत्वमा अध्यक्ष थानेश्वर अधिकारी,निवर्तमान अध्यक्ष पुर्णचन्द्र परियार,महिला उपाध्यक्ष शारदा खनाल,सचिव शुशिल खत्री, सह सचिव तथा कार्यक्रम संयोजक शिव खनाल, प्रवक्ता दिपक भण्डारी, सदस्य शान्ती क्षेत्री ,बिमल गैरे,बिनोद रञ्जन सदस्य रहने गरी समिति गठन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुका सचिव शुशिल खत्री द्धारा प्रस्तुत बार्षिक प्रतिवेदन सर्ब सहमतीबाट पारित गरिएको थियो । साधारण सभा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता , राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्य समिति अध्यक्ष डिल्लीनारायण पाण्डेयको प्रमुख आथित्यता , राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्य समिति सचिव टिकाराम लुँइटेलको बिशिष्ट आथित्यता, कपिलबस्तुका संस्थापक अध्यक्ष पुर्णचन्द्र परियारको आथित्यता रहेको कार्यक्रम उपाध्यक्ष शारदा खनालको स्वागत र सचिव शुशिल खत्रीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ आश्विन १६, शनिबार १६:५९