
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मधुवनमा अमर कंडेलको अध्यक्षतामा २५ सदस्यीय राष्ट्यि युवा सघं नेपालको टोल कमिटी गठन भएको छ । शनिबार बाणगंगा ८ मधुवनमा आयोजित टोल स्तिरिय भेलाबाट कंडेलको अध्यक्षतामा टोल कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा विशाल सुनार , सचिवमा खिम आचार्य, कोषाध्यक्षमा माधव के.सी र सहसचिवमा सुजाता वि.क. चयन हुनु भएको छ । निर्वाचित पदाधिकारीलाई राष्ट्यि युवा सघंका केन्द्रिय सदस्य सरिता थारुले सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रम राष्ट्यि युवा सघं नेपालका केन्द्रिय सदस्य सरिता थारु, विशिष्ट अतिथी राष्ट्यि युवा सघं नेपालका जिल्ला कमिटी सदस्य शुशिल कुवंर, पार्टी जिल्ला कमिटी सदस्य कृष्ण भन्डारी, नगर कमिटी सदस्य गोविन्द कंडेल, वडा नं. ८ का वडा महिला सदस्य गिता भुषाल, मुधवन सामुदायिक बनका अध्यक्ष तथा समाज सेवि गोपाल खरेल लगाएतले बोल्दै गाउ ठाउको विकासका निम्ती युवाहरुलाई गोलबद्ध हुन आग्रह गर्नुभएको थियो ।
साथै राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताउनुभएको थियो । राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताउनुभएको थियो ।
वडा कमिटी अध्यक्ष निर्मलको अध्यक्षता उपाध्यक्ष केशव अधिकारीको स्वागत तथा सचिव श्रीधर न्यौपाने (विवेक)को संचालनमा टोल स्तरिय भेला तथा अधिवेशन सम्पन्न भएको हो ।मधुवान टोलका ३ सय बढी युवाहरुको सहभागितामा भेला सम्पन्न भएको हो ।

