
हरि आचार्य, कपिलवस्तु
अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीको आयोजनामा क्याम्पस सरसफाई तथा वृक्षरोपण गरिएको छ । क्याम्पसलाई सरसफाई र हराभरा बनाउन करिब एक सय फुलका विरुवाहरु रोपिएको हो । क्याम्पस परिसरमा सयपत्री, मखमली, गुलाब लगायत जातका फुलका विरुवाहरु रोपिएको हो । उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्रीले विरुवा रोपेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।
आफ्नो क्याम्पसलाई आफै नै राम्रो बनाउनु पर्ने विद्यार्थीको दायित्व भएको उनले बताए । स्ववियु सचिव दिनेश चौधरीको अध्यक्षता स्ववियुका सचिवालय सदस्य सन्दिप न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्माले बोल्दै विद्यार्थीले गरेको काम प्रशंसनीय रहेको बताए ।
सागर बन्जाडेको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरु कोपिला गिरी, अन्जित खनाल, क्रान्तिकारीका पुष्कर भुषालले समेत आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

