
लुदअ कपिलवस्तु, असोज १८
कपिलवस्तुमा स्रोत नखुलेको २३ लाख नेपाली रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।आइतबार दिउँसो कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कमा घुमिरहेको दुई जनामाथि शंका लागेर जाँच गर्दा २२ लाख ९१ हजार ८ सय रुपैयाँ भेटिएको प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभयो ।
पैसा सहित पक्राउ परेका बुद्धभुमि नगरपालिका–९ धमौलीका २२ वर्षीय जीवनप्रसाद भुसाललाई नियन्त्रमा लिएर थप अनुसन्धानपश्चात राजश्व अनुसन्धान विभाग बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।

