
लुदअ कपिलवस्तु १८ असोज
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नव निर्मित २ भवनको एकैसाथ उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरिक्षक मुकुन्दराज आचार्यले अत्याधिक नव निर्मित हिरासत कक्ष तथा सनियर प्रहरी अधिकृत निवासको रिबन काटेर उदघाटन गरका हुन् । सो अवसरमा उनले प्रहरीले कुनै पनि कार्य गर्दा आफ्नो विवेक पुर्याएर गर्नु पर्ने बताए । उनले कुनै पनि काम प्रहरीले एक्लै गर्न नसक्ने भन्दै जति पनि कानुनको पालन गरिरहेका हुन्छौ त्यसको सम्मान गर्ने जिम्म नागरिकको पनि रहेको बताए ।
प्रहरीले शान्ति सुरक्षा अमनचायन कायम गर्ने, सिमा सुरक्षाको कुरा र प्रहरीको अनुसन्धानमा नागरिकको अहम भुमिका रहेको उनले बताए । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले निागरिकका संबैधानिक एवम् मानव अधिकारको रक्षा गर्नु प्रहरीकाृ कत्तब्र्य रहेको बताए । प्रहरीले नागरिकको भरोसाको केन्द्र बन्दै पिडित प्रतिको विश्वास कायम गरेको उनले बताए । प्रहरी कार्यालय परिसरमा निर्माण भएको नव अधुनिक हिरासत कक्षमा महिला पुरुष र बालबालिकाको लागि छ्ट्टा छुट्टै व्यवस्था गरिको छ ।
हिरासत कक्षमा ७० जना अटाउने प्रहरी उपरिक्षक कार्कीले बताए । हिरासत कक्षको भुई तलामा महिला, पुरुष गरी ३ वटा सुबधिा संपन्न हिरासत कक्षहरु, गार्ड रुमर पहिलो तल्लामा बाल बालिका हिरासत कक्ष छन । यस्तै बालमैत्री कक्ष, जिन्सी भन्डारण, र प्रबन्ध कक्ष रहेका छन ।

