
रामु यादव ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरु लाई कोरोनाको उपचार तथा प्रभावकारी व्यवस्थापन गर्न स्वास्थ समाग्री हस्तान्तरण गरिएको हो।
अष्ट्रलियन एडको आर्थिक सहयोगमा यु.एम.एन.तथा सनसाइन समाजिक विकास संस्था द्वारा स्वास्थ्य सामाग्री मायादेवी गाउँपालिकामा उपलब्ध गराइएको थियो। सो सामाग्री गाउँपालिका उपाध्यक्ष गिता तिवारी,स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवको उपस्थितिमा गाउँपालिकाका सबै स्वास्थ संस्था प्रमुख लाई समाग्री हस्तान्तरण गरिएको हो ।कार्यक्रममा अक्सिजन सिलिन्डर २० थान,अस्पताल को लागि बेड ४ थान,प्रसुती बेड १ थान,आइ भि स्ट्यान्ड २ थान,प्रेसर नाप्ने डिजिटल यन्त्र १ थान,फैस सिल्ड ५० थान,पि।पि।ई।सेट २० थान,मास्क ३६प्याकेट,सेनिटाइजर ५० थान,निर्मलिकरण मेसिन २ थान र फोहोर संकलन गर्ने डस्टबिन ९ थान उपलब्ध गराइएको थियो।
पकडी स्वास्थ संस्थामा भएको कार्यक्रममा सनशाइन समाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादवले करिव १७३३०४९ बराबर को सामाग्री हस्तान्तरण गरेका थिए।कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कृष्णा श्रेष्ठ, कार्यक्रम संयोजक एलिसा देव, फिल्ड सुपरभाइजर हेमराज थारु,यु.एम.एन.कार्यक्रम व्यवस्थापक सन्जु गौतम र स्वास्थ्य संस्था को प्रमुखको उपस्थितमा सो समाग्री हस्तान्तरण गरिएको थियो।