ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालको बहुमूूल्य काठलाई सदुपयोग गर्न सके देश समृद्ध हुने

लुम्बिनी दर्पण २०७८ आश्विन २४, आईतवार ०७:५३
[sharethis-inline-buttons]

पार्वती आचार्य, कपिलवस्तुु

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आर्थिक समृद्धिसँग जोडेर अन्य मुलुक सरह सम्पन्न बनाउन यस वैज्ञानिक वन व्यवस्थापनले महत्वपुर्ण भुमिका खेलेको कार्यक्रमका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सभासद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँले बताए । हाम्रो नेपालको काठ बिदेश गएको र बिदेशी कमसल किसिमको काठ नेपाल भित्रिने भएकोले नेपालको यस धनलाई हामी सबैले सदुपयोग गर्न सक्ने हो भने नेपाल संमृद्ध हुने बताए । उनले नीतिगत रुपमा ठोस निर्णय लिएर अगाडि बढेमा देशको बिकास हुने बताउँदै हामीसंग जे छ त्यसलाई नीति नियम अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । शत प्रतिशत बनमा बैज्ञानिक बन ब्यबस्थापन लागु गरिसकिएको र यसलाई अगाडी बढाउनका लागि पुर्ण समर्थन रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै कार्यक्रममा बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको लुम्बिनी प्रदेश स्तरीय बन ब्यबस्थापन उपभोक्ता भेलालाई संबोधन गर्दै लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमालले राजनीतिमा सबै कुराहरु समाबेश भएको हुँदा वैज्ञानिक वन व्यवस्थापनका लागि आफूूले सहयोग गर्ने बताए । बैज्ञानिक वन व्यवस्थापनमा वनका उपभोक्ताहरुले यसको अपेक्षा सहित अगाडी बढेको र लागुु हुनुपर्ने कुरामा जोड दिएका थिए ।

उनले कुनै पनि कुराको नाम मात्र परिबर्तन गरेर नहुने तर त्यसको परिणाम देखाउन सक्नुपर्ने धारणा राखेका थिए । नेपाल आमाको माटोलाई छातिमा राखेर काम गर्न सकियो भने मात्र त्यो काम सफल भएको मानिने र परिणाममुखि कार्यलाई अगाडी बढाउँदै लगेमा देश संमृद्ध हुने विश्वास ब्यक्त गरे । बैज्ञानिक बनको कार्य बिधिमा रहेका कुराहरुलाई विज्ञहरुसंग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

यस्तै वन वातावरण तथा भू संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश निमित्त सचिव नारायणदेव भट्टराईले वैज्ञानिक वन व्यवस्थापनका लागि मन्त्रालयले सधै सहयोग गर्न तयार रहेको बताए । वैज्ञानिक वन व्यवस्थापन महासंघको छिटो भन्दा छिटो कार्ययोजना बनाउन आफु तत्पर रहने दावी गर्दै जातीय राष्ट्रिय हिसाबले निकटता ल्याउने वन व्यवस्थापनलाई सहमतीबाटै अगाडी बढनु पर्ने स्पष्ट पारे ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालय लुम्बिनी प्रदेश सचिव डा. खगेन्द्र सुवेदीले वन सबै प्राणीको आश्रय स्थल रहेको र वैज्ञानिक वन व्यवस्थापनका लागी आफुले हर तरहले सहयोग गर्ने प्रतिबद्धता जनाए । वैज्ञानिक वन व्यवस्थापनमा वनका उपभोक्ताहरुले धेरै कुराको अपेक्षा सहित अगाडी बढेको र त्यो अपेक्षा पूरा हुनुपर्ने उनको भनाई रहेको छ ।

यस्तै डिभिजनल बन कार्यालय कपिलबस्तुका डिभिजनल बन अधिकृत बिजयराज सुुवेदीले ढलेका सुकेका रुखहरु निकाल्ने गर्दा बिस पच्चीस बर्ष बितेको तर बिरुवा उमार्न र हुर्काउन निकै कठिन हुने बताउँदै सालका रुखहरु कम मात्रामा उम्रीएकोले काठ दाउराको उत्पादन कम भएको बताए । यसले २०६८ सालमा वन विज्ञान शुुरु गरीएको र त्यसै अनुसार २०७१ सालमा कार्य विधि बनाएर वैज्ञानिक वन व्यवस्थापन शुरु गरीएको धारणा राखे ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेयले देशलाई समृद्ध बनाउन वैज्ञानिक वन व्यावस्थापन समितिले महत्वपूर्ण भूमिका खेलेको बताए । यो महासंघ देशको विकाससँग,रोजगारीसँग,आर्थिक प्रगतिसँग जोडिएकोले प्राकृतिक स्रोतको सदुपयोग गर्नु समितिको भूमिका महत्वपूर्ण रहने बताए । बिज्ञान सम्मत यो ब्यबस्थापन संग जोडिएको बिषयलाई चुनौती पुर्ण तरिकाले अगाडी बढाउन यसलाई पहिचान गरी एकजुट हुनुपर्नेमा जोड दिए । उनले काठ रोकावटलाई नीति बनाएर उपभोक्ताहरुलाई बितरण गर्नुपर्ने बताए ।

 

कार्यक्रममा बैज्ञानिक बन ब्यबस्थापन राष्ट्रिय महासंघ नेपालका उपाध्यक्ष खेम नारायण अधिकारी, केन्दीय सदस्य डम्बर बहादुर श्रीस, सल्लाहकार हुमनाथ पौडेल लगाएतले बैज्ञानिक बन ब्यबस्थापनलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउनका लागि सबैले हातेमालो गर्न आबश्यक रहेको बताए ।

अहिले ७ सय ६६ सामुदायिक बनमा बैज्ञानिक बन ब्यबस्थापन लागुभएको र यसलाई जब सम्म मुर्तरुप सरकारले दिंन सक्दैन तब सम्म सम्पुणर््ा उपभोक्ताहरु सडकमा उत्रने चेतावनी दिएका छन् । बैज्ञानिक बन ब्यबस्थापन एक्कासी खारेज हुँदा लाखौं ब्यक्तीले रोजगारी गुमाएको, करोडौंको राजश्व घट्न गएको र आम उपभोक्ताहरुले सहज रुपमा काठ दाउरा नपाउँदा परेको असरलाई राज्यले बुझ्न जरुरी देखिएको छ ।

बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंग नेपालले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय उपभोक्ता भेलामा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका बैज्ञानिक बन व्यावस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । २०७७ जेठ १५ को मन्त्री परिषद्को निर्णयले रुख कटान, संकलन, ओसारपसार गर्ने कार्य एक्कासी बन्द गर्दा उपभोक्ताहरु मारमा पर्नुका साथै वन व्यवस्थापनमा ठूलो धक्का पुुगेको छ । राज्य व्यवस्था समितिको गैर जिम्मेवारी र अवैधानिक निणर्यले उपभोक्तादेखि वन व्यवस्थापन र सरकारको अर्थनीतिसम्म धक्का पुुगेको हुँदा यसको विरुद्धमा सबै एकजुट हुन आवश्यक रहेको भेलामा उपस्थित सहभागीहरुले बताएका छन् ।

बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा लुम्बिनी साँझेदारी बन ब्यबस्थापन समुह भैसाही रुपन्देहीमा सम्पन्न कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेनुु सेनको अध्यक्षता, केन्द्रीय सहसचिव कृष्ण केसीको स्वागत तथा सचिव डिल्लीराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

यसैगरी भेलाले लुम्बिनी प्रदेश संयोजक खेमनारायण अधिकारीको संयोजकत्वमा २७ सदस्यीय लुम्बिनी प्रदेश महासंघ गठन गरेको छ । जसको अध्यक्षमा कपिलवस्तुु जिल्लाबाट दिपक थापा, उपाध्यक्षमा पूर्ण बहादुर मास्के (दाङ), कालिका अधिकारी (रुपन्देही), महासचिवमा होमबहादुर गुरुङ् (नवलपरासी), सचिवमा टोपबहादुर खड्का (बाँके) तथा कोषाध्यक्ष रजरानी थारु (बर्दीया) लगायतको २७ सदस्यीय समिती गठन गरिएको छ ।

नव निर्वाचित पदाधिकारीहरुलाई वैज्ञानिक नव व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेनु सेन, वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेय, सचिव डिल्लिराज रेग्मी लगायतले हार्दिक बधाई तथा कार्यकालको शुुभकामना व्यक्त गरे ।

 


प्रकाशित : २०७८ आश्विन २४, आईतवार ०७:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

निर्वाचन लक्षित एमाले बाणगङ्गा–६ को विस्तारित बैठक सम्पन्न

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech