सिमलपानी स्वास्थ्य चौकीमा शुभकामना आदान प्रदान तथा स्वागत

[sharethis-inline-buttons]

अनिता क्षेत्री, कपिलवस्तु
सिमलपानी स्वास्स्थ्य चौकी शितगंगा १३ सिमलपानीको आयोजनामा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकीमा नवप्रवेशिका १ जना हेल्थ असिस्टेन, १ जना अनमी, १ जना अहेवलाई स्वागत गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा शुभकामना आदानप्रदान नयाँ कर्मचारीहरुलाई स्वागत गर्दै सफलताको शुभकामना दिएका थिए ।

स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बिसिले सिमलपानी स्वास्थ्य चौकीले यस क्षेत्रका सर्वसाधारणहरुलाई दिएको स्वास्थ्य सेवा प्रशंसनीय रहेको बताए । वडाध्यक्ष समेत रहेका विसिले स्वास्थ्य क्षेत्रमा वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउदै अब प्रयोगशाला निर्माण गर्ने योजना रहेको बताए ।

ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा बिसिको अध्यक्षता, ब्यबस्थापन समितिका सदस्यहरुको आतिथ्यता, स्वास्थ्य चौकीका कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम समितिका उपाध्यक्ष बाबुराम विसिको स्वागत मन्तब्य तथा स्वास्थ्य चौकी प्रमुख रामु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०७८ आश्विन २४, आईतवार १७:०१