
लुदस ,काठमाण्डौं ।
राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय समितिको आयोजनामा आइतबार विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, पुर्व अध्यक्ष रेशम थापा, केन्द्रिय उपाध्यक्ष अमृत खाती ,उमा श्रेष्ठ, केन्द्रिय महासचिव विक्रम जंग शाह, सचिव जीवन परियार, कोषाध्यक्ष मिलन श्रेष्ठ, केन्द्रिय सदस्यहरू नारायण सापकोटा, राज कुमार हुमागाईं ,आशा लामा, लिला श्रेष्ठ उपत्यका सम्पर्क समिती अध्यक्ष याम बहादुर जिसी, बागमती प्रदेश महासचिव मान बहादुर तामाङ लगाएतले सम्बोधन गर्दै विजया दशमीको शुभकामना दिएका थिए । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ्ग, नुवाकोट अध्यक्ष दिनेश तामाङ, ललितपुर जिल्ला अध्यक्ष सुवास महत, धादिङ जिल्ला अध्यक्ष रुपक परियार, काठमाण्डौ सम्पर्क समिति अध्यक्ष शिशिर शर्मा, बागमती प्रदेश कोषाध्यक्ष गोविन्द गौतम, बागमती प्रदेश निवर्तमान महासचिव राम कुमार पौडेल, नुवाकोट सचिब करण तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षता, पूर्व अध्यक्ष रेशम थापाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष अमृत खातीले गरेका थिए ।