ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अधिकृत बिजय भुसालको संयोजकत्वमा बुद्धभूमिमा बजार अनुगमन, अखाद्य वस्तु फेला

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १४:०५
[sharethis-inline-buttons]

शिव खनाल, कपिलवस्तु
बुद्धभूमि नगरपालिकाले बजार अनुगमन कार्य शुरु गरेको छ। बजार अनुगमनको क्रममा नगरक्षेत्रमा अखाद्य वस्तु बिक्रीका लागि राखेको भेटिएको छ । म्याद नाघेका र अखाद्य वस्तु बिक्री गर्न नपाइने भए पनि बजारमा यस्ता सामग्रीहरू जताततै भेटिएका हुन् । व्यापारीहरूले स्थानीय प्रशासन र उपभोक्ताको आँखा छलेर अखाद्य वस्तु बिक्री गरिरहेका छन् ।

हिन्दु नेपालीहरूको मुख्य चाड दसैं र तिहार नजिकिंदै गर्दा नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएपछि बजारमा अखाद्य वस्तु फेला परेका हुन् । बुद्धभूमि नगरपालिकाले थालेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरू पनि बिक्रीका लागि राखेको भेटिएको हो । पसलमा म्याद गएका सामानहरू पनि बिक्रीका लागि राखेको फेला परेको हो । अनुगमन टोलीले यस्ता सामानहरू जफत गरेर नष्ट गर्ने अभियान थालेको छ ।

नगरको अनुगमन टोलीले सोमबार बुद्धभूमि – ९ स्थित ईमिलिया र डुमराका गरी १० पसलहरूमा र साप्ताहिक लाग्ने इमिलिया हाट बजारमा अनुगमन गरेको हो । सो क्रममा गुणस्तरहिन भारतिय ढक तराजु र म्याद सकिएका वस्तुहरू पनि बिक्रीका लागि राखेको पाइएपछि अनुगमन टोलीले त्यस्ता सामान जफत गरेको छ ।


अनुगमनका क्रममा दालमोठ, चक्लेट, विस्कुट, सुजी, अचार, क्रिम, पेय पदार्थ, माछा अचार, फुरनदाना, चामल लगायतका खाद्य पदार्थहरू म्याद गुज्रदा पनि बिक्रीमा राखेको भेटाएको हो । यस्तै चुरोट, सुर्ति, पान पराग पुकार लगाएतका सुर्तिजन्य पदार्थको बिक्रि अनुमति नलिएको, व्यवसाय अन्तःशुल्कमा दर्ता नगरेको, स्टिकर नै नटाँसेको राजस्व छली गरेको त्यस्ता सामाग्रि समेत बरामद गरिएको छ ।

बजार अनुगमनको बेलामा दैनिक उपभोग्य वस्तुमध्ये धेरैजसो बालबालिकाहरूका लागि उपभोग हुने वस्तुहरू अखाद्य भेटिएको हो । नगरभित्र संचालित पसलहरुमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु बेचविखन भइरहेको भनेर नगरपालिका आएको नागरिकका गुनासो र चासोको आधारमा गरिएको अनुगमनको क्रममा आज अनुगमन गरिएका सबै पसलहरुमा त्यस्ता सामग्रीहरु फेला परेको बजार अनुगमन टोलीका संयोजक अधिकृत विजय भुसालले जानकारी दिनु भयो । उहाँले उपभोक्ताहरुलाई कुनै सामाग्री खरिद गर्दा सामग्रीको म्याद हेरेर मात्र खरिद गर्न आग्रह गर्नुभयो ।

अखाद्य सामाग्री फेला परे नगरपालिका वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै उपभोक्ता अधिकारको बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिनु भयो । प्याकेजिङ्ग गरेका खाद्य सामाग्रीहरुनै म्याद नभएको पाइएकाले ति सामागीहरुको प्रयोग गर्ने बालबालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर परिरहेको स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालको भनाइ छ ।

बालबालिकाहरुले पसलमा सामाग्री खरिद गर्दा म्याद नहेर्ने भएकाले यस कुरामा अभिभावक एवम् सरोकारवाला निकाय एकदमै गम्भीर हुनुपर्ने उहाँले बताउनु भयो । ईलाका प्रहरी कार्यालय गोरूसिङ्गेका प्रहरी नायब निरिक्षक कृष्ण प्रसाद खनालले दसैं र तिहार जस्ता ठूला पर्वहरू नजिकिंदै गर्दा आफूहरूले नगरपालिकाको सहकार्यमा बजार अनुगमनलाई तीव्र बनाएको बताउनु भयो । चाडपर्वको बेलामा व्यवसायीहरूले अखाद्य वस्तु बिक्री गर्ने र सामानको कालोबजारी गर्ने भएकाले अनुगमनलाई कडाई गरिएको उहाँको भनाइ छ ।

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो कोहीलाई पनि कडा कारबाही गरीने चेतावनी दिनु भयो । त्यस्तै अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका र अखाद्य वस्तु बिक्रीमा नराख्न निर्देशन दिएको छ । टोलीले पहिलोपटक सचेत गराएको र दोस्रो पटक अनुगमनमा यस्तै अखाद्य वस्तु भेटिए कानुनी कारबाहीको प्रक्रियामा लैजाने बताएको छ ।

त्यस्तै अनुगमन कार्यमा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल समेत फिल्डमा खटिइ अनुगमन टोलिको हौसला बढाउनु भएको थियो। अनुगमन टोलिमा उपभोक्ता हित संरक्षक ईन्द्रमणी पौडेल, बुद्धभूमि उद्योग वाणिज्य संघ प्रतिनिधि शोभाखर बन्जाडे, पत्रकाहरु सुशिल गैरे तथा शिव खनाल, प्रहरी हवल्दार अनिल थापा, प्रहरी जवान चन्द्र बहादुर लम्साल लगाएतको सहभागिता रहेको थियो । झफत गरीएका म्याद नाघेका सम्पुर्ण अखाद्यवस्तुहरूलाई बजार अनुगमन टोलीका सम्पुर्ण सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा नगरका अन्य कर्मचारीको रोहवरमा खाडल खनी नगरपालिका नजिकै जलाएर नष्ट गरिएको छ ।


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १४:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
  • नेता मोहम्मद अफताब आलमको मृत्यु
  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने
  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
प्रतिक्रिया

यो पनि पढौँ

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

भैरहवा विमानस्थलबाट थाई एयर एशियाले फेरी थाल्यो उडान

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech