
लुदअ, कपिलवस्तु
कपिलवस्तु को शुद्धोधन गाउँ पालिका वडा नं. १ मा पतरिया युवा क्लब द्वारा सञ्चालित महान पर्व दशै, दिपावली तथा छठको पावन अवसरमा शुभकामना तथा अगन्तुक सदस्य प्रवेश कार्यक्रम श्री पूर्ण केशर माध्यमिक विधालय को हलमा सम्पन्न भएको छ।
कार्यक्रम पतरिया युवा क्लब को आयोजना तथा आर्थिक सहयोग मा ५० जनालाई सदस्यता विस्तार सहित सम्पन्न गरिएको हो ।
कार्यक्रममा दिप प्रज्वलनको लागि प्रमुख र बिशिष्ट अतिथि र अतिथि द्वारा गरिएको थियो ।
अगामी दिनमा युवा,किशोर किशोरी र समाजसेवी हरु लाई धर्म, ज्ञान सहित राम्रो आशा आपेक्षाको साथमा उत्प्रेरित भई अगाडि बडुन साथै समाजमा सकारात्मक काम प्रति मनोबल बढाउन कार्यक्रम गरिएको हो।
कार्यक्रम मा पतरिया युवा क्लब को अध्यक्ष श्याम नारायण यादव को अध्यक्षता, सदस्य चन्द्रजीत कोरीको सञ्चालन, क्लवका सचिव रामु यादव को स्वागत मन्तव्य र शेषमती मल्लाह, शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँको प्रमुख आतिथ्यता, वडा अध्यक्ष मनोज कुमार यादवर जनता समाज वादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवको विशिष्ट आतिथ्यता, पूर्ण केशर माध्यमिक विधालयको प्रधानाध्यापक लिला खनाल, जनमत पार्टीका जिल्ला उपाध्यक्ष सिताराम पटेल, सगरमाथा सहकारीका अध्यक्ष नेत्रलाल खनाल, समाज सेवी युवा चन्द्र प्रसाद बढई, फुलिका युवा क्लबका अध्यक्ष राकेश कुमार यादव, जानकी युवा क्लबका अध्यक्ष बिन्देसरी यादव, प्रहरी जवान जगुलाल जी.सी. सिद्धार्थ समाजिक विकास केन्द्रका थिम लिडर नुर मोहम्मद मुसलमान, सहजकर्ता गोबिन्द सिंह यादव, फिल्ड कोर्डिनेटर धनेश्वरी धर्ति, थिम लिडर लिला आचार्य,जन कल्याण युवा क्लब को १ नं. वडा को सचिव दीपक कुमार यादवको अतिथ्यता, समाज सेवी, अभिभावक, किशोर किशोरी, बिधार्थी, शिक्षक र युवा नेता लगायत १ सय जनाको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो।
क्लब को अध्यक्षले साथै विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा पतरिया युवा क्लवको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।