लियो क्लब अफ कपिलवस्तुद्धारा विपन्न परिवारलाई खाध्य सामाग्री प्रदान

ByLumbini Darpan Online

२६ आश्विन २०७८, मंगलवार १८:२१ २६ आश्विन २०७८, मंगलवार १८:२१ २६ आश्विन २०७८, मंगलवार १८:२१

हरि आचार्य कपिलवस्तु, असोज २६
लियो क्लव अफ कपिलवस्तुले विपन्न परिवारलाई १ महिनालाई पुग्ने खाद्य सामग्री वितरण गरेको छ । विगतका बर्षहरुमा जस्तै अहिलेको चाडपर्वमा पनि लियो क्लबले “एक घर मेरो परिवार” भन्ने अभियान अन्तर्गत बाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मणघाटको एक विपन्न गन्धर्व परिवारलाई खाद्य सामग्री प्रदान गरेको हो ।

विपन्न परिवार जसको घरमा चुलो बलेको छैन उनीहरूलाई भोक टार्ने उद्देश्यले लक्षमणघाटको गन्धर्व टोलमा बस्ने बिमला गन्धर्वको परिवारलाई १ महिनालाई पुग्ने खाध्य सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष पाण्डव भण्डारीले जानकारी दिए ।

खाद्य सामग्री पाएसंगै विपन्न परिवारले धन्यवाद दिंदै खुसी व्यक्त गरेको छ ।

क्लवका अध्यक्ष कार्यक्रममा उपस्थित भई सफल बनाउनुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त गरेका छन् । खाध्यन्न सामाग्री हस्तान्तरण कार्यक्रमको सम्पूर्ण खर्च लियो क्लबका प्रबिन गौतमले सहयोग गरेका थिए । लियोका गौतमलाइ विशेष आभार प्रकट गर्दै अध्यक्ष भण्डारीले आगामी दिनहरूमा सम्पुर्ण पदाधिकारीहरूको उल्लेख सहयोग र साथको अपेक्षा व्यक्त गरे । अध्यक्ष भण्डारीले बिजयादशमीको अवसरमा लायन्स लियो तथा सम्पुर्ण देशविदेशमा रहने नेपालीहरुलाई शुभकामना ब्यक्त गरे ।

भिम प्रसाद भट्टराई (बिष्णु), सागर बन्जाडे, दिपक आचार्य, हरि गैरे, कपिलदेब भट्टराई, भिम पौडेल, बालकृष्ण भट्टराई र मधुसूदन गन्धर्व को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *