संगीतकर्मी संघ कास्कीको कार्यालय उद्घाटन तथा शुभकामना

ByLumbini Darpan Online

२६ आश्विन २०७८, मंगलवार २१:१७ २६ आश्विन २०७८, मंगलवार २१:१७ २६ आश्विन २०७८, मंगलवार २१:१७

लुदस,पोखरा ।
राष्ट्रिय संगीतकर्मी संघ कास्की शाखाको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ ।
संघको कास्की कार्यालय उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रका महासचिव विक्रम जंग शाहले कलाकारहरूको वास्तविक उत्थानमा लागि परेको एक मात्र संस्था राष्ट्रिय संगीतकर्मी संघ रहेकोे बताए । नेपालको ७० जिल्लामा जिल्ला शाखा रहेकोे यस संस्थाले बाढी पहिरो, भुकम्प र कोरोना जस्तो महामारीको बेलामा पनि कलाकारहरुलाई राहत वितरण गरि मलम लगाउने काम गरेको स्मरण गराउदै आफू व्यक्तिगत रूपमा पनि कलाकारहरुको हकहितका लागी सधैं तत्पर रहेकोे बताए ।

राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेशका महासचिव मान बहादुर तामाङले कास्कीको हरेक कार्यक्रममा सहभागी हुन पाउँदा आफ्नो घर कास्कीमै भएको अनुभुति गरेको बताए । कास्की जिल्लाले गरेको कार्यक्रमहरुको मुल्यांकन गर्दा सम्भवतः कास्की जिल्ला प्रथम रहेकोे धारणा राखेका थिए ।

कार्यक्रममा विशेष आतिथी प्रतिष्ठित व्यवसायी उदय बहादुर केसी लाउरे दाईले कलाकारहरू राष्ट्रको गहना मात्र नभई सुख दुःखको हितैसी मित्र भएको धारणा राख्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले जिल्ला कार्यालयका लागि पोखरा महेन्द्रपुलमा रहेकोे पोखरा मोबाइल टावरमा निशुल्क कोठा उपलब्ध गराएका छन् ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद गौतम, कास्कीका सल्लाहकार नारायण सिग्देल, संघका राजधानी सम्पर्क समिति अध्यक्ष यम बहादुर जिसि, गण्डकी प्रदेशकी पुर्व महिला सचिव पवित्रा काफ्ले, आजिवन सदस्य दिल कुमारी खाँड लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा पोखरा महानगर संयोजक सुनिल गायकको स्वागत र सागर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *