ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

लुम्बिनी दर्पण २०७८ आश्विन २७, बुधबार ०७:४८
[sharethis-inline-buttons]

लुदअ, असोज २७
दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र सागपात अर्थात हरियो सागपात र तरकारीहरू पनि मिलाउनु पर्ने हुन्छ, सन्तुलित भोजन हुनका लागि ।

चाहे चाडबाड होस् या अरु बेला, यो कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो पोषणको हिसाब गर्दा अन्नको समूह, दाल तथा गेडागुडीको समूह, माछा, मासु साथै दूध, दही अनि सागपात र फलफूल गरी चार समूह छन् । यी सबै चार समूह हाम्रो थालीमा जहिले पनि हुनुपर्छ ।

तर, दशैँ भन्ने बित्तिकै हाम्रो माछा, मासु प्रशस्त हुन्छ । कतैकतै सुक्खा चिउरा खाने चलन पनि छ । त्यसले गर्दा दाल तथा सागपात र फलफूलको मात्रा कम हुने धेरै सम्भावना छ । हामीले हाम्रो चाडबाडमा निश्चित रुपले यस्तो खाना खाने भनेर मनस्थिति बनाएका छौँ। तरकारी तथा फलफूल जसमा भिटामिन सी, भिटामिन ए तथा रोग विरुद्ध लड्ने जुन भिटामिन तथा खनिज तत्वहरु पाइन्छ, त्यो चिज खाने सम्भावना कम हुन्छ दशैँमा ।

हामीले माछा, मासु मात्र तागतिलो हो भन्ने एउटा स्वभावलाई कम गरेर दैनिक खाने तर कम मात्रामा खाने गर्नुपर्छ । अहिले हाम्रो धेरै किसिमका रोगहरु भएका कारण चिल्लो कम तथा नुन कम खाने गर्नुपर्छ । एउटै किसिमका मात्र खानेकुरा नखाएर सबै किसिमका खानेकुरा दैनिक खाने गर्नुपर्छ ।

पहिलो कुरा हाम्रो खाना सन्तुलित छ कि छैन अर्थात चारै समूहका खानेकुरा पर्यो कि परेन भनेर ध्यान दिनु पर्छ । कोभिड भइसकेको अवस्था हुनसक्छ । बिरामी भएर उठेको अवस्था हुनसक्छ यस्तोमा हामीले पटक पटक थोरै खाने बानी गर्नुपर्छ । चाडबाडमा झोलिलो खाने कम हुनसक्ने हुनाले झोलिलो कुरा खानुपर्छ ।

चाडबाडमा कोल्ड ड्रिङ्क तथा अन्य पेय पदार्थ खाने सम्भावना धेरै हुन्छ । त्यसलाई कम गर्ने, नखाने तथा फलफूल साथै दही, दूधमा जोड दिने गर्नुपर्छ । चिल्लो तथा नुन कम भएको माछा, मासुको सुपहरु बनाएर खाने मौका पनि हो यो दशैँ भनेको ।

कोभिडका बिरामीलाई ध्यानमा राख्दा पटक पटक थोरै थोरै गरेर खायो भने चाहिँ पोषणले छिटो हामीलाई तन्दुरुस्त हुन मद्दत गर्छ । यसमा धेरै आत्तिनु पर्ने कुरा छैन । आनन्द लिएर सबै कुरा खान सकिन्छ । तर, सन्तुलित भयो कि भएन यति कुरामा भने ध्यान दिनु पर्छ । एकै पटक धेरै नखाएर सबै कुरा मिलाएर थोरै पटक पटक आनन्द लिएर खाने गर्नुपर्छ ।

चाडबाड भनेको रमाइलो पनि हो । त्यसैले चिन्तामुक्त भएर आनन्दले खाने गर्नुपर्छ । अलिकति हल्का व्यायामहरु पनि गर्नुपर्छ । चाडबाड भनेर केवल बस्ने, तास खेल्ने, मासु मात्र बढी खाने बानीलाई भने हामीले बदल्नु पर्छ । बिरामी खाना जस्तो सादा खाने तर, सबै प्रकारका खाना खाने गर्नुपर्छ । त्यसले हामीलाई सबै प्रकारको तागत दिन्छ ।

हामीलाई के लाग्छ भने तागतिलो भनेको धेरै खानुपर्छ । तर, त्यसो होइन । अन्नको समूह जसमा दाल, भात, तरकारी, मकै गहुँ, कोदो, फापर मध्ये पनि केही खानु पर्यो । गेडागुडी, दाल एक कचौरा, अन्न पनि एक कचौरा खाने गर्नुपर्छ । यसमा दाल तथा तरकारीको मात्रा बढाउने गर्नुपर्छ ।

हामीकहाँ तरकारी एकदम कम खाने बानी छ । अझ सलाद तथा अचार खाने गर्नुपर्छ । तर, हामीकहाँ अचार भन्ने बित्तिकै धेरै पिरो हालेर कम खाने चलन छ । गोलभेँडाको अचार अलि कम पकाएर धेरै मात्रामा खाने गर्नुपर्छ । अझ त्यसमा धनियाँ हालेर खानु भिटामिनको लागि एकदमै राम्रो हो ।

हामी नेपालीको अचार खाने चलन छ त्यो एकदमै राम्रो हो । त्यस्तै सलादहरु बनाएर खाने बानी गर्नुपर्छ । त्यस्तै दूध तथा दही अनि मासु एक, दुई टुक्रा खाने गर्नुपर्छ । तर, धेरै खाने गर्नु हुँदैन ।

 


प्रकाशित : २०७८ आश्विन २७, बुधबार ०७:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech