
हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको आयोजनामा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका नन्दनगरमा सम्पन्न बैठकमा अनेरास्ववियु स्थायी कमिटि सदस्य, प्रदेश सह ईन्चार्जको जिम्मेवारी प्राप्त गरेका टुकलाल गैरे र कपिलवस्तु जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका लेखनाथ खनाललाई स्वागत तथा सम्मान गरिएको छ । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेका महान चाड विजयादाशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै संगठनको नयाँ जिम्मेवारी पाउने विद्यार्थी नेतालाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रिय स्थायी कमिटि सदस्य टुकलाल गैरेले पार्टीले दिएको नयाँ जिम्मेवारी कुशलतापुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहेका गैरेले अब छिट्टै जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व आउने बताउदै सबैले संगठनलाई बलियो र मजबुत बनाउृनुपर्नेमा जोड दिन आग्रह गरे ।
संगठनका जिल्ला ईन्चार्ज लेखनाथ खनालले निर्देशनात्मक भनाई राख्दै कपिलवस्तु जिल्ला भुगोलका हिसाबले राजनिति गर्ने जिल्ला भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे । खनालले जिल्लाका हरेक शैक्षिक संस्थामा अनेरास्ववियु बलियो भयो भने मात्र संगठन बलियो हुने र पार्टी थप मजबुत हुने बताए ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य विश्व कार्कीले अनेरास्ववियु पार्टीका जनवर्गीय संगठन मध्ये अनेरास्ववियु एक बलियो संगठन रहेको बताए । संगठनका पुर्व अध्यक्ष समेत रहेका कार्कीले आफु पनि सानो उमेर देखि अनेरास्ववियुबाट राजनिति गर्न सुरु गरेको स्मरण गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अनेरास्ववियुका जिल्ला संयोजक बाबुराम अर्यालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारी प्राप्त गर्ने विद्यार्थी नेतालाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका अर्यालले संगठनमा केहि समस्या परे जस्तोसुकै अवस्थामा पनि तत्पर रहेको दावि गरे ।
अनेरास्ववियुका केन्द्रिय सदस्य ईन्दिरा पौडेल, अजय चौधरी, संगठनका राष्ट्रिय परिषद सदस्य अन्जित खनाल, निशान खड्का, प्रदिप खनाल, सन्दिप आचार्य लगायत जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम अनेरास्ववियुका जिल्ला सह संयोजक दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।