सिमा क्षेत्रमा २ दिन मदिरा बिक्री बितरणमा रोक

ByLumbini Darpan Online

२९ आश्विन २०७८, शुक्रबार २०:२२ २९ आश्विन २०७८, शुक्रबार २०:२२ २९ आश्विन २०७८, शुक्रबार २०:२२

लुदअ कपिलवस्तु असोज २९
बिजयादशीको अवसरमा निकालिएको मुर्ति बिर्सजनका क्रममा हुने सक्ने सम्प्रदायिक लगायतका घटनालाई रोक्न २ दिन सिमावतीृ क्षेत्रमा मदिरा बिक्री बितरणमा रोक लगाउने निर्णय गरिएको छ । भारतको उत्तरप्रदेश स्थित सिद्धार्थनर जिल्लाको नौगढमा संपन्न नेपाल र भारतका सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो ।

बैठकमा बडादशैँ(दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी सो निर्णय गरिएको कपिलवस्तुका प्रजिअ चक्रपाण्ी पाण्डेयले बताए । असोज २९ र ३० गते २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण र सिमा क्षेत्रमा मदिरा विक्री वितरणमा रोक लगाउने विषयमा छलफल पछि निर्णय गरिएको थियो । नेपालको कृष्णगनर लगातयका सिमावर्ती क्षेत्रमा दुर्गा मुर्ति बिर्सजनकोक्रमा बिगत बर्षहरुमा पटक पटक साम्प्रदायिक झडप भएको थियो । सोहीक्रममा आफुहरुले भारतीय सुरक्षाकर्मींहरुसंगको बैठकमा सो बिषयमा जानकारी गराए पछि सिमावतींै क्षेत्रमा दुई दिन मदिरा बिक्री बितरणमा रोक लगाउने निर्णय गरिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए ।

बैठकमा सीमा अपराध, लागु औषध ओसार पसार, अबैध हातहतियारको ओसार पसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई बिशालु औषधी खुवाई ल््याएर पैसा लुट्ने प्रवृतिको नियन्त्रण्का बिषयमा समेत छलफल गरिएको थियो । यस्तै नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रण लगायतका विषयमा अनौपचारिक छलफल समेत भएको थियो । सिद्धार्थनगर जिल्लाका डिएम दिपक मिणाले बैठकमा उठेका सवाल दुबै देश मिलेर हल गर्नु पर्ने बताए ।

बैठकमा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नंम्बर गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी धु्रब बहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उप अनुसन्धान निर्देशक योगेन्द्र के.सी सहभागी थिए । भारतको सिद्धार्थनगर जिल्लाका डिएम दिपक मिणा एस्पी यशवीर सिँह, एसएसबी कमाण्डेन्ट अमित सिँह लगायतको सहभागीता थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *