
रामु यादव
कपिलवस्तु को मायादेवी गाउँ पालिकामा समाज सेवी युवा हरुको अगुवाई मा अरिबल बर्षा ले कृषि वालिमा भएको क्षतिपूर्ति को माग गर्न गाउँ पालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लाको विभिन्न ठाउँमा असोज ३१ देखि कार्तिक ३ गते सम्मको बेमौसमी अरिबल वर्षाका कारण धान,आलु , तरकारी जस्ता कृषि जन्य पदार्थमा क्षति भएकोले गाउँ पालिका बाट अवलोकन गरेर ती कृषकहरुलाई राहत स्वरुप क्षतिपुर्ति गरिदिन स्थानिय यवा तथा समाजसेवी हरुले गाउँ पालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।
अरिबल वर्षाको कारणले किसान हरु कष्ट पूणर् जीवन बिताई रहेको र कृषिमा ठुलो क्षेती पुगेको कपिलवस्तु युवा क्लब संजालका सचिव बिन्देशरी यादव ले बताए ।
लक्ष्मी युवा क्लब को अध्यक्ष बब्लु यादव,कपिलवस्तु युवा क्लब संजाल को सचिव बिन्देशरी यादव,मायादेवी युवा संजाल को अध्यक्ष अनिल गुप्ता,समाज सेवी युवा बिरेन्द्र यादव र उमेश यादव लगाएतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।